१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा फोहर व्यवस्थापनमा लापार्बाही नगर्न माग गर्दै धर्ना

२ आश्विन २०७४, सोमबार ०७:३८

असोज २, काठमाडौँ। काठमाडौँ महानगरपालिका–१२ स्थित टेकुका स्थानीयवासीले फोहर व्यवस्थापनमा ढिलासुस्ती भई दुर्गन्ध फैलिएको भन्दै आज कामपाको वातावारण व्यवस्थापन विभागमा धर्ना दिएका छन् । 

फोहर व्यवस्थापनमा लापरबाही भएका कारण त्यहाँको वातावरण बिग्रिएको, स्थानीय जनजीवनमा प्रतिकूल असर परेकाले बिहान ९ बजेदेखि स्थानीयवासीले धर्ना दिएका हुन् । 

महानगरपालिकाले काठमाडौँका विभिन्न वडाबाट संकलन हुने फोहरलाई टेकूस्थित फोहर संकलन केन्द्रमा जम्मा गरेर ल्याण्डफिल्ड साइट, सिसडोललगायत स्थानमा फोहर लैजाने गर्दछ । 

ल्याण्डफिल्ड साइटमा केही दिनदेखि फोहर व्यवस्थापन हुन नसकेका कारण काठमाडौँमा विभिन्न स्थानमा जम्मा भएको फोहर एकैपटक टेकूमा ल्याउन शुरु गरिएकाले दुर्गन्ध फैलिएको स्थानीयवासीको भनाइ छ । 

कामपा–१२ का वडा अध्यक्ष विकास महर्जनले फोहर व्यवस्थापनमा ढिलासुस्ती भएका कारण विभिन्न रोगको संक्रमण बढने खतरा रहेकाले स्थानीयवासीले विरोध गरेको जानकारी दिँदै दसैँ, दिपावलीलगायत चाडवाडका समयमा फोहर व्यवस्थापन छिटोछरितो गर्न वैकल्पिक उपाय अपनाउनका लागि छलफल गरिने जानकारी दिनुभयो । 

वातावारण व्यवस्था विभागमा इञ्जिनियर रवीनमान श्रेष्ठले स्थानीयवासीले अवरोध गरेका कारण काठमाडौँको फोहर व्यवस्थापन गर्न नसकिएको बताउनुभयो । 

धर्नाका कारण कुलेश्वर भई टेकु तथा सानेपादेखि टेकूसम्मको सडक खण्ड अवरुद्ध भएको छ । उक्त सडकमा सार्वजनिक सवारी साधन सञ्चालन हुन नसक्दा यात्रु समस्यामा परेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह