२ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त

२ आश्विन २०७४, सोमबार ०७:३९

असोज २, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरिएको छ । 

आफूलाई काममा असहयोग गरेको, गुटबन्दी गरेको, आर्थिक अनियमितता गरेको, भन्दै आपूर्ति मन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव प्रस्तुत गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशक खड्कालाई बर्खास्त गर्ने निर्णय गरेको हो । 

त्यसैगरी मन्त्रिपरिषद्ले प्रदेशसभा सदस्यको निर्वाचनको प्रयोजनका लागि पिछडिएको समुदाय र अल्पसंख्यक समुदायको क्षेत्र निर्धारण गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । 

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले यही असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने आठौँ गैरआवासीय नेपाली विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति गठन गर्नेसमेत निर्णय भएको जानकारी दिनुभयो । 

सरकारले संयुक्त राष्ट्र संघ सुधारसम्बन्धी राजनीतिक घोषणापत्रमा हस्ताक्षर गर्न दुर्गा भण्डारीलाई अधिकार प्रत्योजन गर्ने भएको छ । त्यसैगरी आजको मन्त्रिपरिषद्ले आणविक अस्त्र निषेधसम्बन्धी सन्धिमा हस्ताक्षर गर्न उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरालाई अधिकार प्रत्यायोजन गरेको छ । 

“पछिल्लोपटक अस्पतालमा चिकित्सकको लापरबाहीका कारण बिरामीको अकालमा मृत्यु हुने र गम्भीर घाइते हुने समस्या देखिएकाले ती पीडितको क्षतिपूर्ति सम्बन्धित चिकित्सकबाटै भराउने उद्देश्यले आवश्यक विधेयक निर्माण गरी सदनमा पेश गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ”, मन्त्री बस्नेतले भन्नुभयो । 

सूचना तथा सञ्चार मन्त्रालयको सञ्चार विज्ञका रूपमा छक्कबहादुर खड्कालाई नियुक्त गर्ने निर्णय भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्न स्वीकृति दिने निर्णय भएको मन्त्री बस्नेतले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? एभरेष्ट कलरले पारित गर्यो आइपिओ निस्कासन प्रस्ताव आज बस्ने भनेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित हात्तीको आक्रमणबाट एक जनाको मृ-त्यु अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दै आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू आजको मौसमः देशका केही भूभागमा वर्षाको सम्भावना खेलकुदका लागि सबै क्षेत्रले सक्रियता देखाउनुपर्छ : सभामुख चीनले विकास गर्यो अन्तरिक्षमा युद्ध लड्न सक्ने क्षमताको जेट विश्वप्रकाश भन्छन् : खेलकुदको जस्तो नियममा बसे राजनीति सुध्रिन्छ बुद्ध धर्मलाई राजनीतिक हिसाबले दुरुपयोग गरियो : प्रधानमन्त्री ‘डोरी’ मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध, मङ्सिर दोस्रो साता फ्लोरमा जाने कांग्रेस र एमालेको उद्देश्य भ्रष्टाचारीहरुलाई रक्षा गर्ने हो : प्रचण्ड सरकारले मनपरी रुपमा कर लिएको भन्दै प्रदर्शन नीजि क्षेत्रसँग मिलेर काम नगरे अर्थतन्त्रमा सुधार आउँदैन : मन्त्री सिंह ट्याक्टर दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु मंसिर २७ देखि उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी सम्बन्धी सम्मेलन मायादेवी मन्दिरबाट लुम्बिनी लायन्सको जर्सी सार्वजनिक सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट करदाता को को ?