१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा गृहमन्त्री शर्माद्वारा ‘प्रहरी हाम्रो टोलमा’ अभियानको उद्घाटन

६ आश्विन २०७४, शुक्रबार ११:५५

असोज ६, काठमाडौँ। गृह मन्त्राललयले ‘शान्ति सुरक्षा र सुशासन , जनमैत्री प्रहरी र प्रशासन’ नारासहित ‘प्रहरी हाम्रो टोलमा’ अभियान आजबाट शुरु गरेको छ । 

गृहमन्त्री जनार्दन शर्माले अभियानको आज यहाँ एक कार्यक्रमबीच उद्घाटन गर्दै सो अभियान एक साथ आज देशभर दुई हजार ५०० प्रहरी इकाईमा लागू भएको जानकारी दिनुभयो । 

गृहमन्त्री शर्माले प्रस्तुत गर्नुभएको ८४ बुँदे गृह प्रशासन सुधार मार्गचित्रअन्तर्गत रहेर आम नागरिकलाई केन्द्रविन्दुमा राखी यो अभियान शुरु गरिएको हो । अभियानले नागरिकसँग प्रहरी र प्रशासनको सम्बन्ध अझ प्रभावकारी बनाउने, प्रहरी प्रशासनलाई अझ जन–उत्तरदायी बनाउने तथा शान्तिसुरक्षामा नागरिकको सहभागिता बढाउने लक्ष्य राखिएको छ । 

देशभरको प्रत्येक समाजलाई टोलका रुपमा विकास गरी टोल सुधार समिति गठन गरेर आपराधिक गतिविधि नियन्त्रण गर्न र सामाजिक विकास कार्यमा सहकार्य गर्ने उद्देश्य राखिएको छ । 

कार्यक्रममा गृहमन्त्री शर्माले आम नागरिकको शान्ति, सुरक्षा र समृद्धिको अभिलाषालाई पूरा गर्न अभियान ल्याइएको र यो सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो अभियान प्रहरी र समुदायबीच समन्वय गरी टोलटोलमा समन्वय समिति गठन गरीने जानकारी दिनुभयो । समाज र राष्ट्रियता बलियो बनाउन, सामुदायिक प्रहरीको अवधारणालाई थप परिमार्जन गर्न अभियान ल्याइएको उहाँको भनाइ छ । 

“घटनापछिको समाधान मात्रै होइन, घटना अघिको समाधानका लागि हाम्रो प्राथमिकता हो,’’ उहाँले भन्नुभयो । 

अर्को प्रसंगमा मन्त्री शर्माले सरकारले इतिहासकै शान्तिपूर्ण निर्वाचन गर्न सफल भएको र अब हुने प्रदेश र सङ्घको निर्वाचन पनि त्यस्तै शान्तिपूर्ण हुने बताउनुभयो । उहाँले संघीय प्रहरी ऐन तर्जुमा भइरहेको र छिट्टै संसद्मा प्रस्तुत हुने जानकारी दिनुभयो । 

कार्यक्रममा गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले प्रहरीलाई आधुनिक र जनमैत्री बनाउने लक्ष्यसहित ‘प्रहरी हाम्रो टोलमा’ अभियान ल्याइएको बताउनुभयो । 

गृह सचिव लोकदर्शन रेग्मीले मन्त्रालयले अघि सारेको ८४ बुँदे सुधार मार्गचित्रमा रहेको प्रहरीसँग सम्बन्धित बुँदा यो संगठन सुधारका लागि ‘म्याग्नाकार्टा’ नै हुने टिप्पणी गर्नुभयो । 

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले यो अभियानले प्रहरी र नागरिक बीचको सम्बन्ध थप बलियो पार्ने विश्वास व्यक्त गर्दै अभियान आजबाट देशभर एकसाथ शुरु भएको जानकारी दिनुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै