सागरलाई ४० लाख नेपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागरलाई ४० लाख नेपाल"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइडलको टप-4 बाट बाहिरिएका सागरलाई ४० लाख

६ आश्विन २०७४, शुक्रबार २२:०१

असोज ७, कतार | नेपाल टेलिभिजन इतिहाँसमा सर्वाधिक चर्चा कमाएको नेपाल आइडलको टप-4 बाट बाहिरिएका सागर आलेले ४० लाख प्राप्त गरेका छन् | 

सागरलाई ४० लाख नेपाल आइडल आयोजकले नभई उनका फ्यानहरुले प्रदान गरेका हुन् | यस बिषयमा नेपाल आइडलको आज ओमसलाल अल सानिम ईण्ड्रस्ट्रिय एरिया ग्राण्डमलको एम्पीथिएटर हलमा भएको ग्र्याण्ड फिनाले कार्यक्रममा आफ्नो प्रस्तुति पश्चात सागर आलेले जानकारी गराएका हुन् | कार्यक्रममा 'ओई झुमा..ओइ झुमा' बोल गीतमा प्रस्तुति दिए लगत्तै आफुलाई मायाँ गरि आफ्नो बैंक खातामा ४० लाख जम्मा गराउने आफ्ना फ्यानहरुलाई उनले धन्यवाद समेत दिएका छन्  | सागरले नेपाल आइडलको कतारमा भएको बिशेष कार्यक्रममा आफुलाई पठाइएको रकम गायन क्षेत्रमै खर्च गर्ने समेत उद्घोष गरेका छन् | 

यसैबीच कतारमा आयोजित नेपाल आइडलको कार्यक्रमले आज पहिलो नेपाल आइडलमा बुद्ध लामालाई घोषित गरेको छ | पोखराका बुद्ध लामा पहिलो नेपाल आइडल घोषित भएका हुन् । विजेता लामाले सर्वाधिक साढे ४ करोड भोट पाएका थिए । आज दोहाको  बिशेष कार्यक्रमा नेपाल आइडलका निशान भट्टराई फस्ट रनरअप र प्रताप दास सेकेन्ड रनरअप भएका हुन् । आइडलका विजेताले बुद्ध लामाले २० लाख रुपैयाँ सहित महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन् । उनलाई लोकप्रिय हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले पुरस्कार प्रदान गरे। त्यस्तै सेकेन्ड रनरअप बनेका निसान भट्टराईले १५ लाख रुपैयाँ पाएका छन् । त्यस्तै आइडलको सेकेन्ड रनर अप बनेका प्रताप दासले १० लाख रुपैयाँ पुरस्कार पाएका छन् । 

कतारमा आयोजना भएको ग्राण्ड फिनालेमा हजारौं नेपाली दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बुद्ध, निशान, प्रतापसहित १२ प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी