२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

बजेट अभावले पुल निर्माण ढिलाइ

२७ आश्विन २०८२, सोमबार ११:०९

काठमाडौँ | कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा निर्माणाधीन पक्की पुलका लागि बजेटको अभाव देखिएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई जोड्ने एउटा महत्वपूर्ण मानिएको कर्णाली सनकट्टी पुलको लागि प्रयाप्त बजेट विनियोजन नहुँदा निर्माणमा ढिलाइ भएको हो । एक अर्ब १८ करोड (भ्याटसहित) ठेक्का सम्झौता भएको पुलको लागि चालु आर्थिक वर्षमा रु १० करोड बजेट विनियोजन भएको छ । निर्माण कम्पनीले ४५ करोड बजेटको सुनिश्चितता सरकारले गर्न सकेको खण्डमा अर्को वर्षको दसँैसम्म पुल सञ्चालनमा ल्याउन सकिने बताएका छ ।

चालु अर्थिक वर्षमा निर्माण कम्पनीले सरकारले विनियोजन गरेको बजेट भन्दा थप रु ३५ करोड बढी बजेट माग गरेको छ । पुल निर्माणको जिम्मा पाएको रसुवा कन्स्ट्रक्सनका प्रबन्धक कृष्ण ढुङ्गेलले बजेटको सुनिश्चितता नभएकै कारण निर्माणको काम सुस्त भएको बताउनुभयो । उहाँले बर्सेनि आउने बजेट माग अनुसार नआएका कारण काम प्रभावित हुँदै आएको बताउनुभयो ।

“यसवर्ष हामीलाई रु ४५ करोड बजेट भएको भए पुल निर्माण गरेर सञ्चालनमा ल्याउन सकिन्थ्यो ।” उहाँले भन्नुभयो, “बजेट १० करोड मात्रै विनियोजन भएको छ । त्यहीँ बजेट अनुसारको काम गर्दा अर्को वर्ष पनि काम सम्पन्न हुँदैन होला ।”प्रबन्धक ढुङ्गेलका अनुसार हालसम्म ६७ प्रतिशत काम सम्पन्न भइसकेको छ । चौध पिल्लरमा १३ पिल्लर निर्माण भइसकेका छन् । बर्दिया क्षेत्रबाट चार पिल्लरको स्ल्याप ढलान भइसकेको छ । “अहिलेको आन्दोलनको प्रभाव नपरेपछि एक महिनामा तीनवटा स्ल्यापको काम सम्पन्न गर्ने योजना छ । त्यसैअनुसार जनशक्ति व्यवस्थापन गरिसकेका छौँ ।” ढुङ्गेल भन्नुहुन्छ, “बजेटको सुनिश्चितता भए काम गर्नका लागि उपकरण र जनशक्तिको अभाव छैन ।”

विसं २०८३ माघसम्म निर्माण सम्पन्न गर्ने आयोजनाको म्याद रहेको छ । आवश्यक बजेटको सुनिश्चितता भएको खण्डमा समयावधि भन्दा अगाडि नै पुल निर्माण सम्पन्न गर्ने योजनामा निर्माण कम्पनी देखिन्छ । कर्णाली नदीको बहावका कारण वर्षमा सात महिना मात्रै काम गर्न सकिन्छ । अन्य पाँच महिना निर्माणको काम ठप्प हुने गरेको छ । अहिले पनि पुल निर्माणको काम अगाडि बढ्न सकेको छैन ।

छठपछि पुलको बाँकी काम सुरु गर्ने तयारीमा निर्माण कम्पनी लागेको छ । “पुल निर्माणका क्रममा स्थानीयको साथ सहयोग निकै पाएका छौँ ।” कृष्ण भन्नुहुन्छ, “नागरिकहरूमा उत्साह छ । उहाँहरु छिटो पुल बनोस् भन्ने चाहनुहुन्छ । तर, सरकारबाट प्रयाप्त बजेट नआउँदा समस्या भएको छ ।”

पुल निर्माण भएपछि व्यापारिक हिसाबले टीकापुरलाई फाइदा हुने विश्वास गरिएको छ । गेरुवा गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र टीकापुर बन्नसक्ने विश्वास व्यापारीको छ । वर्षांैदेखि टीकापुर उद्योग वाणिज्य सङ्घले सो क्षेत्रमा पुल निर्माणको लागि पहल गर्दै आएको थियो । “पुल निर्माणका लागि उद्योग वाणिज्य सङ्घमार्फत हामीले निकै प्रयास गरेका थियौँ ।” टीकापुर उद्योग वाणिज्य सङ्घका पुर्व अध्यक्ष रामबहादुर भण्डारीले भन्नुभयो, “पुल बनेपछि टीकापुरको व्यवसायले उचाई लिने विश्वास गर्दै आएका छौँ ।”

वर्षाँैदेखि डुङ्गामा जोखिमको यात्रा गर्नुपर्ने बाध्यता हट्ने स्थानीयको विश्वास छ । पुल नभएका कारण कर्णालीमा वर्षांैदेखि डुङ्गा सञ्चालनमा छ । पुल निर्माण भएपछि जोखिम मोलेर डुङ्गामा सवार गर्नुपर्ने बाध्यता हट्ने स्थानीय राजेन्द्र विश्वकर्मा बताउनुहुँन्छ । “गेरुवा शान्तिबजार जान सन्कट्टी हुँदै जाँदा छिटो हुने भएकाले कर्णालीको जोखिम मोलेर डुङ्गाको सवार गर्नुपर्ने बाध्यता छ ।” उहाँ भन्नुहुन्छ, “अबको त्यो बाध्यता हट्ने आशा जागेको छ । पुल निर्माण भएपछि बर्दिया र टीकापुरको दुरीलाई कम गर्ने विश्वास छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान