एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको काठमाडौंमा उपलब्ध स्थायी कमिटीका सदस्यहरुको बैठकले आगामी नि"/>
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको काठमाडौंमा उपलब्ध स्थायी कमिटीका सदस्यहरुको बैठकले आगामी नि"/>
असोज १५, काठमाडौं । नेकपा एमालेले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वामपन्थी दलहरुसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको काठमाडौंमा उपलब्ध स्थायी कमिटीका सदस्यहरुको बैठकले आगामी निर्वाचनमा वामपन्थी दलहरुसँग तालमेल गर्ने निर्णय गरेको हो ।
एमालेले सत्तारुढ नेकपा माओवादी केन्द्रसँगको तालमेलको प्रयासलाई प्राथमिकतामा राखेको छ । बैठकले बहुमतसहित एमाले नेतृत्वको सरकार बनाउने निर्णयसमेत गरेको छ ।
चुनावको रणनीति र उम्मेदवारबारे छलफल गर्न बसेको बैठकले ‘देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिसँग तालमेल गर्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो ।
बैठकले चुनावी तालमेलको अन्तिम निर्णय गर्ने अधिकार स्थानीय पार्टी कमिटीलाई नै दिएको छ ।
एमाले चुनावका लागि उम्मेदवार छनोट र घोषणापत्र निर्माणलगायतका कामलाई पनि अघि बढाउने निर्णय गरेको छ ।
प्रदेश कमिटीको बैठकले आगामी असोज २२ र २३ गते उम्मेदवारको सिफारिस स्थायी कमिटी बैठकमा प्रस्तुत गर्नुपर्नेछ ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा हुँदै छ ।