दलसिंह गिरी | अशोज १५, कालिकोट | समुदायको आवश्यकता परिपूर्ति एवं स्तर उन्नतीका लागि सेवा प्रदायक तथा राज्यका हरेक निकायहरुले संचालन गरेका योजना तथा कार्यक्रमहरु समुदाय सुहाउदो संचालन नभएपछि ति योजना समुदायहरुका लागि लाभ नभै विलाभशिद्ध बन्नेगरेका छन् । समुदायहरुको आव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | अशोज १५, कालिकोट | समुदायको आवश्यकता परिपूर्ति एवं स्तर उन्नतीका लागि सेवा प्रदायक तथा राज्यका हरेक निकायहरुले संचालन गरेका योजना तथा कार्यक्रमहरु समुदाय सुहाउदो संचालन नभएपछि ति योजना समुदायहरुका लागि लाभ नभै विलाभशिद्ध बन्नेगरेका छन् । समुदायहरुको आव"/>
2026-10-31 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

क्रमागत योजना समुदायका लागि लाभ हो कि विलाभ ?

दलसिंह गिरी | अशोज १५, कालिकोट | समुदायको आवश्यकता परिपूर्ति एवं स्तर उन्नतीका लागि सेवा प्रदायक तथा राज्यका हरेक निकायहरुले संचालन गरेका योजना तथा कार्यक्रमहरु समुदाय सुहाउदो संचालन नभएपछि ति योजना समुदायहरुका लागि लाभ नभै विलाभशिद्ध बन्नेगरेका छन् । समुदायहरुको आवश्यकता पहिचान गरी निर्माण कार्य संचालन भएका केही योजनाहरु प्राथमिकता र सम्वेदनशिलताको आकलन नगरी सानै बजेटका योजनाहरु समेत क्रमागतमा पार्दा स्तरीय दिगो योजना निर्माण नभै योजनाको आवश्यक बजेट बालुवामा पानी भै बिलाभशिद्ध बन्ने गरेका हुन् ।

समुदाय स्तरमा निर्मित योजनाहरु क्रमागतमा पार्दा समुदायमा अपनत्वको भावना विकास हुने र दिगो योजना निर्माण हुने अभिप्रायले राज्य स्तरका निकायले क्रमागत योजनालाई प्राथमिकतामा काम थालेपनि केही अबुझ स्थानीय समुदाय र क्षणिकलाभ खोज्ने अगुवा तथा प्राविधिकका कारण राज्यको क्रमागत योजना दिगो अभियान विफल हुदै गएको सान्नीत्रिबेणी गाउपालिका वडा नं. १ का वडा अध्यक्ष भरत विकले बताउनु भएको छ ।

राज्यले थालेको दिगो अभियानकै शिलशिलामा आफ्नो वडामा शान्तिमन्त्रालय मार्फत करिव ६ वटा योजना २÷३ बर्ष देखि निर्माण कार्य संचालन भैरहेका बताउदै योजनाको दिगो निर्माणको लागि समुदाय आफै सचेत एवं सक्रिय बन्नु पर्ने वडा अध्यक्ष विकले बताउनु भएको छ । खानेपानी मन्त्रालय मार्फत खानेपानी तथा सभडिभिजन कार्यालय द्धारा करिब ४ बर्ष देखि निर्माणाधिन मुलखोला खानेपानी क्रमागत योजनाबारे बताउदै अध्यक्ष विकले हरेक बर्ष प्याकेजमा निर्माणहुने काम अर्को बर्ष नआउदै जिर्ण भएर जाने भत्कीने एवं संकलित सामाग्रीसमेत खेर तथा चोरी भएरजाने जस्ता कारणले समुदायमा संचालित क्रमागत योजना समुदायका लागि लाभ नभै विलाभशिद्ध देखिएको बताउनु भएको छ ।

विभिन्न मन्त्रालय सम्म भनसुन गरी करिव १० लाख देखि ५० लाख सम्मका योजनाहरु क्रमागतमा पार्न सफल भएपनि योजना प्रति समुदायहरुको अपनत्वको भावना विकास नहुदा खानेपानी, सिचाई कुलो, विद्यालय भवन निर्माण जस्ता सम्बेदनशिल तथा अति आवश्यक योजनाहरुको निर्माणकार्य दिगो बन्न नसकेको अध्यक्ष बताउनु हुन्छ ।

मुलखोला खानेपानी योजना निर्माणकार्य संचालन गरेको अहिले ४ बर्ष भयो तर अहिले सम्म केही ठाउमा पाइप दबाउने, घारा तथा टांकी निर्माण कार्य सकिएपनि अहिले ति धारा तथा टांकी जिर्ण तथा पाइपहरु चोरहरुले उखेलेर लगिसकेका छन् भने यो योजनाले समुदायमा कस्तो प्रभाव पार्ला ? भन्दै प्रति प्रश्न गर्नु हुन्छ स्थानीय बुद्धिजीवि नौलासिंह गिरी ।

निर्माण कार्य बढीमा ३ महिना लाग्ने योजना समेत क्रमागतमा पारी काम थाल्नुले योजनाका प्राविधिक तथा निर्माण समितिलाई ब्यक्तिगत खर्च ब्यवस्थापन भै कामदारहरुलाई मारमा पार्ने काम भएको स्थानीय कामदार डब्बल सार्किले बताउनु भएको छ । यस्तै हाम्रै घरटोलमा पानीघाराका लागि योजना आएको झण्डै ४ बर्ष वितिसक्यो अहिलेसम्म पानी आउने कुनै सुरसार छैन, उही आघा घण्टालाई पिंगाकोपानी ल्याउनु परकाइ जान्यानाई भन्दै खानेपानी योजना बारे गुनासो पोख्नुहुन्छ सान्नीत्रिबेणी १ का स्थानीय लुड्के सार्की ।

शान्नीत्रिबेणी गाउपालिका वडा नं. १ मा शान्तिमन्त्रालयबाट संचालित २ वटा विद्यालयको भवन निर्माण १ स्वास्थ्य तालिम केन्द्र, २ वटा मठ मन्दिर, १ सहिद पार्क निर्माण कार्य करिव २÷३ बर्ष देखि संचालन भैरहेका छन् यि योजनाहरुको दिगो निर्माणका लागि सबै सम्बद्ध सरोकारवाला विशेष गरी अहिलेका जनप्रतिनिधि सजक रहनु पर्ने स्थानीय जानकार मनबहादुर गिरी बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय