२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीमा खोलाले बगाएर पाँच जना बेपत्ता

२०७४, १७ आश्विन मंगलवार १०:४५

असोज १७, सर्लाही । लखन्देही नदीले बगाएर सोमबार पाँच जना बेपत्ता भएका छन् । 

प्रहरीका अनुसार अपराह्न वर्षापछि लखन्देहीमा आएको बाढीले पत्थरकोटस्थित जियाजोरबाट आमासहित तीन छोराछोरी बगाएर बेपत्ता भएका छन् । बडादशैंको टीका लगाउन बाराबाट सर्लाहीको जियाजोरस्थित माइती जाँदै गर्दा २९ वर्षीया राधिका ढुंगाना र उनका सात वर्षीय छोरा किस्मत, पाँच वर्षीया छोरी कृतिका र एक वर्षीय छोरा कृतिलाई बाढीले बगाएको सर्लाहीका प्रहरी प्रमुख मसाउँदआलम खाँले बताउनुभयो । 

यसैबीच भैँसी चराएर फर्किंदै गर्दा खोलाले बगाएर बेपत्ता लालबन्दी– २ जुटपानीकी ५५ वर्षीया भीममाया काफ्लेको शव भने प्रहरीले फेला पारेको छ । 

त्यस्तै पिंडारीका ६० वर्षीय रामदेव साह कलुवारलाई पनि बाढीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । नदीले बगाएका सबैको आज बिहानैदेखि प्रहरी परिचालन गरी खोजी भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने