2026-08-03 09:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अण्डाको मूल्य हालसम्मकै उच्च

काठमाडौँ | विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्य नपाउँदा ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भएपछि किसानलाई नाफा हुनेगरी मूल्य पाएका हुन् ।

देशभरका पोल्ट्री फार्महरुको मूल्यलाई आधार मानेर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरा पालक सङ्घले मङ्गलबारदेखि लागू हुनेगरी नयाँ मूल्य कायम गरेको छ । त्यसअनुसार ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० को) रु ५८०, ठूलो अण्डा रु ५६५ र मिडिएम रु ५५० कायम गरिएको छ । यसअघि गएको साउनमा हालसम्मकै सबैभन्दा बढी ठूलो अण्डाको प्रतिक्रेट रु ५६० पुगेको थियो । क्रमशः मूल्य घटेर रु ४०० मा झरेको थियो ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यभन्दा प्रतिक्रेट रु २० ले बढेको हो । उहाँका अनुसार भारतीय अण्डा सीमाबाट अवैध रूपमा छिर्न रोकिएपछि नेपाली अण्डाले लागत मूल्य पाएको हो । भारतमा भएको निर्वाचनका कारण सिमानामा कडाइ र त्यहाँको अण्डाको खपतसँगै मूल्य बढेपछि अवैध रूपमा अण्डा नेपाल भित्रन नपाएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भारतीय सीमा नाका कडाइ गर्न सकियो भने नेपाली कृषकले मूल्य पाउने देखियो ।” सरकारी निकायले सीमा क्षेत्रमा कडाइ गरेर नेपाली किसान बचाउनुपर्ने उहाँको भनाइ छ । सङ्घका सल्लाहकार त्रिलोचन कँडेलका अनुसार भारतमा समेत अण्डाको मूल्य बढेको छ । भारतमा नै राम्रो मूल्य पाएपछि अवैध रूपमा नेपाल अण्डा भित्र्याउने प्रयाससमेत कम भएको उहाँले बताउनुभयो ।

अण्डाको लागत मूल्य नेपालमा प्रतिगोटा रु १६ दशमलव ५७ पर्न आउँछ । अहिलेको दरमा अण्डा बिक्री गर्दा नेपालका किसानले नाफा पाएको उहाँले बताउनुभयो । पोल्ट्री व्यवसायी मञ्चका पूर्वअध्यक्ष एवं सङ्घको अण्डाको बजारीकरण अभियानमा लागि रहनुभएका राजेन्द्र लामिछाने जाडो महिनामा अण्डाको खपत बढ्ने बताउनुहुन्छ ।

उहाँको भनाइमा जाडोमा चिसोबाट जोगिनका लागि अण्डा खानुपर्छ भन्ने जनचेतना जगाउन सकेका कारण पनि माग बढेको हो । अहिले नेपालमा दैनिक ४० लाख गोटा हाराहारी अण्डा उत्पादन हुने गरेको अनुमान छ । अण्डाको मूल्य नपाएपछि साना किसान विस्थापित भएका छन् भने बैङ्किङ् ऋण लिएर किसानहरुले ठूलो सङ्ख्यामा कुखुरा पाल्दा माग धान्न सकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट सुनकोशीमा खसेको कारमा सवारमध्ये दुई जनाको पहिचान खुल्यो परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै सुनकोसी नदीमा कार खस्यो चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नारायणगढ सडक अवरुद्ध पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै हेटौंडामा किशोरी मृत फेला विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन