2026-09-08 11:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

पिपिआर रोग र निमोनियाको कारण जिल्ला भर हजारौ भेडा बाख्रा मरे

दान बहादुर बुढा/ माघ १९, मुगु ।  एक महिना देखि जिल्लाभर फैलिएको पिपिआर रोगका कारण जिल्लाका विभिन्न गाविसमा पशुपालक कृषकले पालेका हजारौ भेडा बाख्रा मरेका छन ।

जिल्लाका सोरु , खत्याड, करान र गम भेगमा पिपिआ र निमोनिया रोगले भेडा बाख्रा मर्न थाले पछि कृषकहरु चिन्तित भएका छन । अनुहार सुनिने, सिगान छाड्ने, पखाला लाग्ने , घाँस पात खान नसक्ने लक्षण देखिने र यस्तो लक्षण देखिएको तिन चार दिन भित्र भेडा बाख्रा मर्ने गरेको स्थानीय भेडा बाख्रा पालक कृषकहरु बताउछन ।

५४ वटा खसि बाख्रा मध्य एक हप्तामा ५० वटा बाख्रा मरेको रुगा गाविस वडा नम्बर २ लाहापु गाउँका स्थानीयवासी रुपसिंह विकले बताए । सुरुमा रोगको लक्ष्यण देखिदा वितिकै जिल्ला पशु सेवा कार्यालय पुगे पनि औषधी नपाउदा सदरमुकाम गमगढीमा रहेको निजी एग्रोभेटबाट चार हजार बराबरको औषधी किनेर लगेको विकले बताए । रोगले छोई सकेपछि सुई लगाए पनि खसि बाख्रा निको नहुने गरेको उनले बताए । त्यस्तै सोरु भेगको रारा, कालै , धैनकोट लगायतका गाविसमा पनि सयौको संख्यामा भेडा खसि मरेको रारा गाविसका स्थानीयवासी विरबहादुर बमले जानकारी दिए । उनका अनुसार अहिलेसम्म पनि पशु सेवा कार्यालयबाट पशु स्वास्थ्य कर्मि र औषधी समेत पुगेको छैन ।

कार्कीवाडा गाविस वडा नम्बर ९ का धिरज रोकायाको सरस्ती भेडा पालन फर्ममा ५० भेडा हिमाली आयोजना बाट अनुदान पाएका र आफै पालेका दुई सय भेडा मध्य अहिलेसम्म ४५ वटा भेडा मरिसकेका छन । अहिलेसम्म निजी एग्रोभेटबाट २५ हजार बराबरको औषधी लिए पनि हरेक दिन चार पाँचको संख्यामा भेडा मरिरहेका रोकायाले बताए । रोकाया जस्तै पश्चिम खत्याड भेगमा पर्ने सेरी गाविसका स्थानीयवासी विष्णुबहादुर मल्लले पालेका ८० वटा भेडा मध्य ४० वटा भेडा मरेका छन ।

कार्तिक महिना देखि भेडा विरामी पर्न थाले पछि जिल्ला पशु सेवा कार्यालयमा उपचार र औषधीका लागि पाँच पटकसम्म निवेदन दिए पनि कार्यालयले कुनै चासो नदेखाउदा अहिले ठुलो क्षति व्यहोर्नु परेको मल्लले बताए । रोवा गाविस वडा नम्बर ७ का स्थानीयवासी सुवालाल बुढाले आफुले पालेका ३३ भेडा मध्य २७ वटा मरि सकेको बताए ।

जिल्लाभर ठुलो संख्यामा भेडा बाख्रा मरेको र कृषकले ठुलो क्षेति व्यहोरि रहेको भन्ने विषयमा तत्काल रोग प्रभावित क्षेत्रमा पशु स्वास्थ्य कर्मि र औषधी पठाउन पशु सेवा कार्यालयलाई निर्देशन दिने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए । जिल्लाभर रहेका ११ वटा पशु सेवा केन्द्र रहे पनि नत औषधी छ नत कर्मचारी नै छन । तर जिल्ला पशु सेवा कार्यालयले सेवा केन्द्रमा कर्मचारी रहेको बताएको छ । कार्यालयका निमित्त कार्यालय प्रमुख भिमचन्द्र बुढाले तत्काल सेवा केन्द्रका कर्मचारी जिल्लामा बोलाएर छलफल गरि औषधी पठाईने बताए ।

उनले भेडा बाख्रामा देखिएको निमोनियाँ र पिपिआर रोगको औषधी जिल्लामा पर्याप्त रहेकाले अब छिट्टै रोग प्रभावित क्षेत्रमा पठाउने तयारी भईरहेको बताए । पशु सेवा कार्यालयले अहिलेसम्म ९ सय भेडाबाख्रा मरेको दावी गरे पनि कृषकले दुई हजार बढि भेडा बाख्रा मरिसकेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो