२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

पिपिआर रोग र निमोनियाको कारण जिल्ला भर हजारौ भेडा बाख्रा मरे

१९ माघ २०७२, मंगलवार ०७:४९

दान बहादुर बुढा/ माघ १९, मुगु ।  एक महिना देखि जिल्लाभर फैलिएको पिपिआर रोगका कारण जिल्लाका विभिन्न गाविसमा पशुपालक कृषकले पालेका हजारौ भेडा बाख्रा मरेका छन ।

जिल्लाका सोरु , खत्याड, करान र गम भेगमा पिपिआ र निमोनिया रोगले भेडा बाख्रा मर्न थाले पछि कृषकहरु चिन्तित भएका छन । अनुहार सुनिने, सिगान छाड्ने, पखाला लाग्ने , घाँस पात खान नसक्ने लक्षण देखिने र यस्तो लक्षण देखिएको तिन चार दिन भित्र भेडा बाख्रा मर्ने गरेको स्थानीय भेडा बाख्रा पालक कृषकहरु बताउछन ।

५४ वटा खसि बाख्रा मध्य एक हप्तामा ५० वटा बाख्रा मरेको रुगा गाविस वडा नम्बर २ लाहापु गाउँका स्थानीयवासी रुपसिंह विकले बताए । सुरुमा रोगको लक्ष्यण देखिदा वितिकै जिल्ला पशु सेवा कार्यालय पुगे पनि औषधी नपाउदा सदरमुकाम गमगढीमा रहेको निजी एग्रोभेटबाट चार हजार बराबरको औषधी किनेर लगेको विकले बताए । रोगले छोई सकेपछि सुई लगाए पनि खसि बाख्रा निको नहुने गरेको उनले बताए । त्यस्तै सोरु भेगको रारा, कालै , धैनकोट लगायतका गाविसमा पनि सयौको संख्यामा भेडा खसि मरेको रारा गाविसका स्थानीयवासी विरबहादुर बमले जानकारी दिए । उनका अनुसार अहिलेसम्म पनि पशु सेवा कार्यालयबाट पशु स्वास्थ्य कर्मि र औषधी समेत पुगेको छैन ।

कार्कीवाडा गाविस वडा नम्बर ९ का धिरज रोकायाको सरस्ती भेडा पालन फर्ममा ५० भेडा हिमाली आयोजना बाट अनुदान पाएका र आफै पालेका दुई सय भेडा मध्य अहिलेसम्म ४५ वटा भेडा मरिसकेका छन । अहिलेसम्म निजी एग्रोभेटबाट २५ हजार बराबरको औषधी लिए पनि हरेक दिन चार पाँचको संख्यामा भेडा मरिरहेका रोकायाले बताए । रोकाया जस्तै पश्चिम खत्याड भेगमा पर्ने सेरी गाविसका स्थानीयवासी विष्णुबहादुर मल्लले पालेका ८० वटा भेडा मध्य ४० वटा भेडा मरेका छन ।

कार्तिक महिना देखि भेडा विरामी पर्न थाले पछि जिल्ला पशु सेवा कार्यालयमा उपचार र औषधीका लागि पाँच पटकसम्म निवेदन दिए पनि कार्यालयले कुनै चासो नदेखाउदा अहिले ठुलो क्षति व्यहोर्नु परेको मल्लले बताए । रोवा गाविस वडा नम्बर ७ का स्थानीयवासी सुवालाल बुढाले आफुले पालेका ३३ भेडा मध्य २७ वटा मरि सकेको बताए ।

जिल्लाभर ठुलो संख्यामा भेडा बाख्रा मरेको र कृषकले ठुलो क्षेति व्यहोरि रहेको भन्ने विषयमा तत्काल रोग प्रभावित क्षेत्रमा पशु स्वास्थ्य कर्मि र औषधी पठाउन पशु सेवा कार्यालयलाई निर्देशन दिने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए । जिल्लाभर रहेका ११ वटा पशु सेवा केन्द्र रहे पनि नत औषधी छ नत कर्मचारी नै छन । तर जिल्ला पशु सेवा कार्यालयले सेवा केन्द्रमा कर्मचारी रहेको बताएको छ । कार्यालयका निमित्त कार्यालय प्रमुख भिमचन्द्र बुढाले तत्काल सेवा केन्द्रका कर्मचारी जिल्लामा बोलाएर छलफल गरि औषधी पठाईने बताए ।

उनले भेडा बाख्रामा देखिएको निमोनियाँ र पिपिआर रोगको औषधी जिल्लामा पर्याप्त रहेकाले अब छिट्टै रोग प्रभावित क्षेत्रमा पठाउने तयारी भईरहेको बताए । पशु सेवा कार्यालयले अहिलेसम्म ९ सय भेडाबाख्रा मरेको दावी गरे पनि कृषकले दुई हजार बढि भेडा बाख्रा मरिसकेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य