२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोट खुला दिसा मुक्त क्षेत्र घोषणा अहिले शून्यकै हालतमा

२०७२, ८ मंसिर मंगलवार ११:११

kalikot newsदलसिंह गिरी/मङ्सिर ८, कालिकोट । “कालिकोट जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेको साढे दुई वर्ष पूरा भइसकेको छ ।

तर, यस अवधिमा भएका उपलब्धि भने शून्यकै हालतमा देखिएको छ” भन्छन् जिल्लाका केही बुद्धिजीवीहरु हतारमा खुला दिसामुक्त क्षेत्र घोषणा भए पनि यसको ठीक ढंगले कार्यान्वयन हुन सकेका कारण अहिले जताततै खुलादिसा देखिन थालेको बताउछन् उनीहरु । जिल्लालाई सन २०१७ भित्र पूर्ण सरसफाइयुक्त जिल्ला घोषणा गर्ने लक्ष्य राखिएको भन्दै २०७० जेठ २८ जिल्लालाई पूर्ण खुला दिसामुक्त घोषणा गरिएको थियो, तर आज औपचारीका लागि मात्र घोषणा भएको जस्तो देखिएको छ ।

“जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्दा तालिएका जिल्ला विकास समिति, खानेपानी तथा सरसफाई समन्वय समिति र सो कार्यक्रमका साझेदार संस्थाहरु अहिले निष्क्रिय जस्तो देखिएका छन् । घोषणा हुने बेला जुन उत्साह र उमङ्ग थियो, त्यो यतिबेला सेलाइसकेको छ” भन्छन् पत्रकार महासंघका अध्यक्ष कालिबहादुर मल्ल ।

“उतिबेलाका साझेदार संस्थाहरुले कार्यक्रम लक्षित योजना बनाउन नसक्दा खुला दिसामुक्त क्षेत्र उपलब्धिविहीन बनेको हो । जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबा करोडौ रूपैयाँ खर्च भएको छ, जिविस, खानेपानी तथा सरसफाइ सभडिभिजन कार्यालय लगाएतले सरसफाइ बारे अनुगमनसमेत गर्न सकेका छनन्” उनी बताउछन् ।

“कालिकोट जिल्लाका विभिन्न बजारी केन्द्र तथा सार्वजनिक ठाउमा दर्जन वढी सार्वजनिक शौचालय निर्माण गरी सञ्चालनमा ल्याउने भनिए पनि लक्ष्य अनुरुप शौचालयहरु निर्माण हुन सकेनन् । यो अवधिमा जिल्ला सदरमुकाम मान्ममा मात्र ३ वटा ठाउमा सार्वजनिक शौचालय निर्माण भएका छन्, तर प्रयोगमा भने कुनैपनि आएका छैनन्, यसबाटै प्रस्ट हुन्छ कि नेपालका कुनै पनि योजना तथा कार्यक्रमहरु औपचारिकताका लागि सञ्चालन गरिन्छन्, दीर्घकालीन योजना नबन्दा लक्ष्यअनुरुप सफलता हासिल नहुँदै कार्यक्रम असफल हुन पुग्छ” भन्छन् उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष भानुभक्त बराल ।

“कुनै पनि कार्यक्रम गर्दा त्यसको उद्देश्य स्पष्ट हुनुपर्छ, उद्देश्यअनुसार आवश्यक रणनीति र योजना कार्यान्वयनमा ध्यान दिइनुपर्छ, करोडौँ खर्च गरेर हतारमा खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने र घोषणा गर्नासाथ कार्यान्वयन नहुने हुँदा यस्ता महत्वाकांक्षी योजनाहरु अलपत्र पर्दै आएका” उनी बताउछन् ।

“कालिकोटलाई सन २०१७ भित्र पूर्ण सरसफाइयुक्त जिल्ला बनाउने जुन लक्ष्य छ, त्यो आगामी बीस वर्षसम्म पनि पूरा हुने आधार केही छैन” भन्छन् स्थानीय ब्यापारी मुक्ति प्रसाद संज्याल, सरसफाइसम्बन्धी चेतना वृद्धि भए पनि खुला दिसा अहिले मुख्य चुनौति बनिरहेको उनी बताउछन् ।

“जिल्लामा जनसंख्या दिन प्रतिदिन थपिँदो अवस्थामा छ, यथेष्ट सार्वजनिक शौचालयहरु निर्माण गरी दिसामुक्त क्षेत्रका लागि कार्यान्वयन गर्न नसक्ने हो भने भोलीका दिनमा यस्ता कार्यक्रमहरुले झन् नराम्रो सन्देश प्रवाहित गर्नेछ” भन्छन् जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका सिअहेव कटक महत ।

उनी भन्छन् जिल्लालाई खुलादिसा मुक्त क्षेत्र घोषणा गर्नु ठूलो कुरा होइन, त्यसलाई कार्यान्वयन गरी लक्ष्यमा पुग्नु ठूलो उपलब्धि हो भन्ने कुरा सरोकारवाला निकायले ध्यान दिनुपर्ने जरूरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित