2026-07-24 10:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र जोर्डनबीच श्रम सम्झौता, न्युनतम तलब पनि तोकियो

कात्तिक १, काठमाडौं । श्रम सम्झौताको इतिहाँसमा दोस्रो श्रम सम्झौताको रुपमा आज नेपाल र जोर्डनबीच द्विपक्षीय श्रम सम्झौताको भएको छ । सम्झौतामा श्रम मन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा. अली अली गेजावीले जोर्डनको राजधानी अम्मानमा विशेष समारोहकाबीच हस्ताक्षर गरेका हुन् ।

१२ वर्षपछि नेपालले कुनै मुलुकसँग गरेको दोस्रो श्रम सम्झौता हो । यसअघि सन् २००५ मा पहिलोपटक नेपालले कतारसँग श्रम सम्झौता गरेको थियो । 

जोर्डनसँगको सम्झौता अनुसार अब नेपालबाट जोर्डन जाने कामदारको न्युनतम तलब २५० डलर तोकिएको छ भने घरेलु कामदारको लागि ३ सय डलर तोकिएको छ । यस अघि न्युनतम तलब बिनानै सम्झौता गर्न लागिएको भन्दै श्रम सम्झौता गर्नुको औचित्य नरहेको बताइएको थियो ।

इजरायलसँग बोर्डर जोडिएको देश जोर्डनले नेपालीहरुलाई गार्मेन्ट उद्योगमा अफर गर्दै आएको छ । त्यसको साथै बिभिन्न पेसाको कामदारको रुपमा पनि डिमाण्डहरु आउने गरेका छन् तर तलब भने अन्य खांडी मुलुकको तुलनामा कम हुँदा त्यति आकर्षण गन्तब्य मानिएको थिएन । श्रम सम्झौतापछि अब भने त्यहाँ साधारण कामका लागि पुग्ने नेपाली कामदारले कम्तिमा २५० डलर कमाउन सक्नेछन् । 

जोर्डनमा अहिले ५ हजारभन्दा बढी नेपाली कामदार रहेका छन् । जोर्डनको लागि छुट्टै दुतावास भने छैन । जोर्डनसँग सिमाना जोडिएको देश इजरायलले यो देशको कुटनीतिक समन्वयको काम गर्दछ ।

जोर्डनसँग भएको श्रम सम्झौतामा अब नेपाली कामदारले जोर्डन जाँदा फ्री भिषा तथा फ्री टिकटकै नीति लागु हुनेछ । यसको मतलब कामदारको आते-जाते टिकट र भिसावापतको शुल्क रोजगारदाता कम्पनीले नै बेहोर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । त्यस्तै कामदारले करार अवधिभर २४ घण्टे स्वास्थ्य तथा दुर्घटना बीमा पाउनेछन् ।

नेपालीको मुख्य गन्तब्य देशहरु मलेसिया, युएई, साउदी अरेविया, लेवनान, कुवेत, बहराइन लगायत अन्य देशसँग श्रम सम्झौता हुन नसकीरहेको अवस्थामा दोश्रो पटक भएको जोर्डनसँगको सम्झौतालाई सकारात्मक रुपमा हेरिएको छ । सरकारले जोर्डनसँग सम्झौता गरेसंगै फ्री भिषा-फ्री टिकटको ब्यबस्था,मा पनि सुधार आउने बताइएको छ । 

नेपालीको प्रमुख गन्तब्य मानिने देशहरुमा श्रम सम्झौता नहुँदा त्यस्तादेशमा पुगेका नेपाली कामदारहरुले बिभिन्न समस्या भोग्नुपर्ने हुन्छ । नीतिगत रुपमा सम्झौता हुँदा एकार्काप्रति कम्पनी तथा देशनै जिम्मेवार बन्ने हुँदा श्रमसम्झौतालाई महत्वपूर्ण मानिन्छ । नेपालको सन्दर्भमा अहिले एक सय १० मुलुक वैदेशिक रोजगारीका लागि खुला गरिएका छन् । जस मध्ये अहिलेसम्म जम्मा २ वटा मात्र सम्झौता हुनु निकै लज्ज्स्पद कुरा हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक