
काठमाडौँ | पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–४ घिउखोलास्थित पूर्व पश्चिम लोकमार्गमा काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको यात्रु बाहक बसलाई सोही दिशाबाट आउँदै गरेको ट्रकले ठक्कर दिदाँ बसमा सवार १८ जना घाईते भएका छन् ।
घाईतेहरुको उद्धार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, जिल्ला अस्पताल परासी र चिसापानी अस्पताल बर्दघाटतर्फ पठाईएकोमा दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ भने एक जनाको रुखले च्यापीएको अवस्थामा उद्धार गरितापनि उनको समेत मृत्यु भएको छ ।
लु २ ख २३५१ नम्बरको यात्रु बाहक बसलाई सोही दिशाबाट आउँदै गरेको ना. ७ ख ९३९८ नम्बरको ट्रकले ठक्कर दिदा दुर्घटना भएको हो । उक्त बसमा १७ जना र ट्रकमा चालक मात्र रहेको बताईएको छ ।