
काठमाडौँ | नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको १५ औँ महाधिवेशनमा नेता मोहनबहादुर बस्नेतले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
आज पत्रकार सम्मेलन गरेर बस्नेतले उम्मेदवारी घोषणा गरेका हुन्। उनले आफूले महामन्त्रीमा चुनाव लड्ने गरी आन्तरिक तयारी थालिसकेको बताए। देउवा समूहको महाधिवेशन मंसिर २१ देखि २३ गते काठमाडौँमा हुँदै छ।