2026-07-26 03:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आरजु राणा र जयवीर देउवाको नाममा ११५ रोपनी जग्गा

काठमाडौँ | आरजु राणा देउवा र उनका छोरा जयवीर सिंह देउवा को नाममा देशका विभिन्न स्थानमा ठूलो परिमाणमा जग्गा रहेको तथ्य सार्वजनिक भएको छ। दुई जनाको नाममा गरी कुल ५८ हजार ७८६.३६ वर्गमिटर अर्थात् ११५ रोपनीभन्दा बढी जग्गा रहेको देखिएको छ। आरजु राणाको नाममा मात्र २० हजार ३४०.९४ वर्गमिटर (३९ रोपनी १५ आना ३ पैसा) क्षेत्रफलको ७ कित्ता जग्गा विभिन्न जिल्लामा रहेको छ। यी जग्गाहरू डडेल्धुरा, कैलाली, मकवानपुर र बर्दियामा फैलिएका छन्।

त्यस्तै, जयवीर सिंह देउवाको नाममा ३८ हजार ४४५.४२ वर्गमिटर (७५ रोपनीभन्दा बढी) जग्गा काठमाडौँ, कास्की, कञ्चनपुर र बर्दियामा रहेको पाइएको छ। काठमाडौँको साविक चपलीस्थित ९६६ वर्गमिटर जग्गामा बनेको घर भने हाल विवादको केन्द्रमा परेको छ। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित उक्त घर प्रदर्शनकारीहरूले जलाइदिएका थिए। त्यसपछि जलेको घर भत्काउन ३७ लाख रुपैयाँमा ठेक्का लागेर काम सुरु भए पनि सरकारले हाल उक्त प्रक्रिया रोक्न निर्देशन दिएको छ।

प्रहरी उच्च स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी छानबिनका लागि घर भत्काउने कार्य रोकिएको हो। यस घटनाले सम्बन्धित व्यक्तिहरूको सम्पत्ति स्रोत र वैधतामाथि थप प्रश्न उठाएको छ।

हाल सम्बन्धित निकायहरूले सम्पूर्ण सम्पत्तिको विस्तृत अनुसन्धान अघि बढाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल