2026-09-10 05:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी

काठमाडौँ | जिल्ला अदालत काठमाडौँले महेश बस्नेतलाई पक्राउ अनुमति माग गरिएको मिसिल फिर्ता गरेको छ। धादिङकी शोभा पाठकले पहिल्यै तामेलीमा राखिएको मुद्दामा पक्राउ अनुमति माग्दै जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकालीमा निवेदन दर्ता गराएकी थिइन्। जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार न्यायाधीश ध्रुव कार्कीको इजलासमा मिसिल पेश हुँदा पक्राउ अनुमति दिन नमिल्ने आदेश भएको हो।

अदालतले एक पटक तामेली गरिसकेको मुद्दामा पुनः पक्राउ अनुमति दिन नमिल्ने उल्लेख गर्दै मिसिल फिर्ता गरेको जनाएको छ। अदालतको आदेशअनुसार, सो मुद्दामा पीडितले पुनः पूरक जाहेरी दिएको र उक्त विषयमा उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भई हाल विचाराधीन अवस्थामा रहेको देखिएको छ। एउटै विषय माथिल्लो अदालतमा विचाराधीन रहेको अवस्थामा जिल्ला अदालतबाट थप आदेश दिनु न्यायिक मान्यता र कानुनी व्यवस्था विपरीत हुने अदालतको ठहर छ।

अदालतले सक्कल मिसिल समेत उपलब्ध नभएको र मुद्दा उच्च अदालतमा विचाराधीन रहेकाले हाल निवेदन अनुसार पक्राउ अनुमति दिन नमिल्ने जनाएको छ। यससँगै महेश बस्नेतविरुद्ध पक्राउ अनुमति मागिएको प्रक्रिया तत्कालका लागि रोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट शहीदको रगतमा राजनीति गर्न पाइँदैन : सांसद खातुन फुटपाथमा सुत्केरी भएको घटनामा अस्पतालको स्पष्टीकरण : उपचारबाट वञ्चित गरिएको होइन गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन : अमरेशकुमार सिंह पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु : गगनकुमार थापा भोटेकोशी बाढीमा खोज तथा उद्धार तीव्र बनाउन सरकारसँग कवीन्द्र बुर्लाकोटीको माग विपद्का बेला राजनीतिक स्वार्थभन्दा माथि उठेर उद्धारमा जुटौँ : पद्मा अर्याल अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा