2026-09-10 05:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल

काठमाडौँ | गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बलका अधिकारीहरूसँग समसामयिक सुरक्षा तथा विपद् व्यवस्थापनका विषयमा छलफल गरेका छन् । गृहमन्त्री गुरुङले राजु अर्याल नेतृत्वको टोलीसँग हालसम्म भएका कार्यहरूको समीक्षा गर्दै सुधार गर्नुपर्ने पक्षबारे छलफल थालेका हुन् ।

छलफलमा विशेषगरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी, सम्भावित जोखिम न्यूनीकरणका रणनीति, स्रोत व्यवस्थापन तथा समन्वयका विषयमा जोड दिइ । साथै, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्ती कडा बनाउने र तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन दिए । यसअघि सोमबार गृहमन्त्री गुरुङले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका थिए। सो क्रममा उनले सङ्ग्रहालय, डिजिटल फरेन्सिक ल्याब, डाटा सेन्टर तथा पोलीग्राफ सेक्सनको निरीक्षण गर्नुका साथै सम्बन्धित गतिविधिबारे जानकारी लिएका थिए।

गृहमन्त्री गुरुङले सुरक्षा निकायलाई थप प्रभावकारी र उत्तरदायी बनाउन आवश्यक सुधारलाई प्राथमिकतामा राखिएको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट शहीदको रगतमा राजनीति गर्न पाइँदैन : सांसद खातुन फुटपाथमा सुत्केरी भएको घटनामा अस्पतालको स्पष्टीकरण : उपचारबाट वञ्चित गरिएको होइन गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन : अमरेशकुमार सिंह पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु : गगनकुमार थापा भोटेकोशी बाढीमा खोज तथा उद्धार तीव्र बनाउन सरकारसँग कवीन्द्र बुर्लाकोटीको माग विपद्का बेला राजनीतिक स्वार्थभन्दा माथि उठेर उद्धारमा जुटौँ : पद्मा अर्याल अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा