
काठमाडौँ | बुधबार सुनको मूल्य तोलामा ७ हजार ४ सय रुपैयाँले बढेर २ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला चाँदी १०० रुपैयाँले बढेर ४ हजार ९४५ रुपैयाँमा पुगेको छ। अघिल्लो दिन चाँदी ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो।