
काठमाडौँ | नेकपा एमाले संसदीय दलको बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकले पार्टी संसदीय दलका नेता, प्रमुख सचेतक लगायत चयन गर्ने एमालेले जनाएको छ।
बादलको अध्यक्षतामा जारी बैठकमा पार्टी पदाधिकारीहरू विष्णु पौडेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेललगायतका नेता छन्।