2026-09-10 03:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ओली र लेखकको म्याद थप गरिँदै

काठमाडौँ | जेन-जी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम पक्राउ परेका एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई थप हिरासतमा राख्न म्याद थप गरिँदैछ ।

जिल्ला प्रहरी परिसर, भद्रकालीका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार लेखकलाई भौतिक रूपमै जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर र ओलीलाई सकेसम्म भौतिक, चिकित्सकले अनुमति नदिएमा भर्चुअल विधिबाट म्याद थप गरिने भएको छ । त्यसका लागि प्रहरी टोली ओलीको स्वास्थ्य स्थिति बुझ्न महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेको उनले बताए । ‘यदि उहाँलाई ल्याउन नमिल्ने रहेछ भने सरकारी वकिलको कार्यालयलाई त्यही जानकारी गराइदिन्छौँ, उहाँहरूले भर्चुवल रूपमा गरौँ भन्न सक्नुहुन्छ’, उनले भने ।

शनिबार पक्राउ परेका ओली र लेखकको आइतबार १० दिनका लागि अनुसन्धानको म्याद माग्दै प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा पेश गरेको थियो । तर, जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठले ५ दिनको मात्रै म्याद दिए । अनुसन्धानका लागि आवश्यक पर्ने म्याद थपका निम्ति फेरि सिफारिस गरिएको भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन : अमरेशकुमार सिंह पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु : गगनकुमार थापा भोटेकोशी बाढीमा खोज तथा उद्धार तीव्र बनाउन सरकारसँग कवीन्द्र बुर्लाकोटीको माग विपद्का बेला राजनीतिक स्वार्थभन्दा माथि उठेर उद्धारमा जुटौँ : पद्मा अर्याल अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने