2026-10-01 12:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन

काठमाडौँ | प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनलेले संसदमा आफ्नो भूमिका सतापक्ष र प्रतिपक्षभन्दा पनि निष्पक्ष हुने बताएका छन् । बिहीबार संसदको पहिलो बैठकमा सम्बोधन गर्दै उनले आफू सांसद हुनै नपर्ने मान्छे सांसद भएर आएको पनि बताए ।

संसदमा आफू अरु सांसद भन्दा फरक रहेको बताउँदै उनले बोल्ने शैली, काम गर्ने तरिका सबै अरुको भन्दा आफ्नो पृथक रहेको जिकिर गरे ।‘म अमेरिका पढेर २०४९ साल भदौमा आएको, अहिलेसम्म ३३ वर्षभन्दा बढी काटिसक्यो, एउटा झोला बोकेर पूर्णकालिन समाजवेशीको रुपमा काम गरिरहेको छ । म राजनिति गर्ने राजनितिज्ञ होईन । म समाजसेवी हुँ र समाजसेवी नै रहनेछु,’ उनले भने, ‘सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ । समाजसेवी भएको हुनाले मलाई प्रतिनिधि सभा सदस्यमा उम्मेद्वार हुने कुनै रहर थिएन, मैले सोचेको पनि थिएन ।’

उनले आफू कहिल्यै सांसद हुने कल्पना नगरेपनि जेन–जी आन्दोलनपछि शिक्षामन्त्री हुँदा केही अध्यादेश ल्याउन खोजेको तर ल्याउन नसकेपछि निर्वाचनमा उम्मेद्वार बनेको बताए । उनले भदौ २३ र २४ गते जेन–जी आन्दोलनपछि किताब बेचिरहेको मान्छे मन्त्री बनेको बताए ।

शिक्षामन्त्री बनेपछि शिक्षा क्षेत्रमा भएका अनेकौं समस्याहरू, चरम राजनीतिकरण र विकृति देखेकोले त्यसलाई सुधार गर्नको लागी प्रयास गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनतालाई ग्यास दिन र महँगी नियन्त्रण गर्न पनि सरकार असफल : पद्मा अर्याल युवालाई विदेश पठाएर र बाह्य स्रोतको भर परेर देश बन्दैन : महामन्त्री पौडेल हरेक युवालाई सिक्ने, अघि बढ्ने र क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ : श्रममन्त्री यादव दुर्गा प्रसाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश प्रतिनिधिसभाबाट पाँच विधेयकसम्बन्धी निर्णय, बैठक बिहीबारसम्म स्थगित कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, देउवा समूहले निर्वाचन आयोगलाई बुझायो कार्यतालिका सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’ प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग गरे छलफल दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध रास्वपाले बोलायो केन्द्रीय समिति बैठक भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली