२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ

२०८२, २० चैत्र शुक्रबार १६:२७

काठमाडौँ | वैदेशिक रोजगारीमा ठगी गर्ने चार जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाइ उनीहरू सम्पर्कबिहीन भएका थिए ।

प्रहरीका अनुसार फिनल्यान्ड पठाउने भनी ५७ लाख रुपियाँ ठगी गर्ने ५२ वर्षीय कर्णबहादुर राउत पक्राउ परेका छन् । उनी स्थायी घर सल्यानको कालिमाटी गाउँपालिका वडा नं ७ भई हाल रूपन्देही बुटवल नगरपालिका–२ बस्दै आएका छन्।

माल्टा पठाउने भनी चार लाख ५० हजार रुपियाँ ठगी गर्ने ४२ वर्षीय आनन्द थापा पक्राउ परेका छन् । उनी स्थायी घर तनहुँको भानु नगरपालिका वडा नं २२ भइ हाल काठमाडौँ नागर्जुन नगरपालिका वडा ९ बस्दै आएका थिए । फिनल्यान्ड पठाउने भनी चार लाख २० हजार रुपियाँ ठगी गर्ने ३९ वर्षीय राधिका पाठक पौडेल पक्राउ परेकी छन् । स्थायी घर नवलपरासी (पूर्व) कावासेती नगरपालिका वडा नं ३ का पौडेल काठमाडौँ महानगरपालिका वडा नं १२ बाट पक्राउ परेका थिए।

यसैगरी, सर्विया पठाउने भनी आठ लाख रुपियाँ ठगी गर्ने ४७ वर्षीय तिलक परियार पक्राउ परेका छन् । उनी स्थायी घर मोरङ सुन्दरहरैँचा नगरपालिका वडा नं ३ भइ हाल काठमाडौँ महानगरपालिका वडा नं ३१ बस्दै आएका थिए। उनीहरूलाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वेदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते