२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ

२०८२, २१ चैत्र शनिबार ११:२७

काठमाडौँ | काठमाडौँको विभिन्न स्थानबाट १३ जना प्रक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट टोलीले शुक्रवार राति १३ जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेको नमबुद्ध घर भई हाल बानेश्वर वतिसपुतली बस्ने ४२ वर्षीय संजिव लामा, जिल्ला सिन्धुपाल्चोक मेलमची घर भई हाल तारकेश्वर नगरपालिका मनमैजु ईन्द्रपुल बस्ने ४३ वर्षीय अशोक गिरी, जिल्ला कालीकोट घर भई हाल काठमाडौँ बस्दै आएका ३४ वर्षीय वकिल बम, जिल्ला खोटाङ एसेलिखर्क गा.पा.वडा नं. १ घर भई हाल वुढानिलकण्ठ न.पा. ३ कपन बस्ने ३८ वर्षीय सुरेश गुरुङ (किमजोङ) पक्राउ परेका छन् ।

यस्तै, जिल्ला खोटाङ एसेलिखर्क गा.पा.वडा नं. २ घर भई हाल ढानिलकण्ठ न.पा. ३ कपन बस्ने २८ वर्षीय संजिव राई , जिल्ला काभ्रे पाचखाल न.पा. वडा नं. ४ घर भई हाल नगरपालिका वडा नं. १० बस्ने ३७ वर्षीय राजकुमार तामाङ, जिल्ला काभ्रे मण्डनदेउपुर न.पा. वडा नं. ११ घर भई हाल वुढानिलकण्ठ नगरपालिका वडा नं. १० बस्ने ३७ वर्षीय बिनोद ठकुरी पक्राउ परेका छन्

यसैगरी, काभ्रे चुरीदेउराली न. पा.वडा नं ०७ घर भई हाल काठमाडौँ बस्दै आएको ३० वर्षीय शेर्पा लामा, जिल्ला खोटाङ कविलासगढी घर भई हाल वुढानिलकण्ठ बस्ने ४१ राहुल राई, नुवाकोट दुप्चेश्वर न.पा वडा नं. ०४ घर भई हाल वुढानिलकण्ठ न.पा. वडा नं ११ बस्ने ३५ वर्षीय समेश तामाङ, नुवाकोट शिवपुरी गा.पा. वडा नं. ०५ वुढानिलकण्ठ न.पा. वडा नं. १० बालुवाखान ३५ वर्षीय सुन बहादुर, काभ्रे मण्डनदेउपुर न.पा. वडा नं. १० का.जि.वुढानिलकण्ठ न.पा. वडा नं. १० मैजुब ३३ वर्षीय वीर बहादुर लामा र ललितपुर महाङकाल घर भई हाल काठमाडौँ बस्दै आएको ३० वषीर्य महेश महत पक्राउ परेका छन् ।

उनीहरूलाई दरबारमार्ग, बौद्ध, ठमेल लगायतका क्षेत्रबाट सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै