२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल

२०८२, २३ चैत्र सोमबार १७:४५

काठमाडौँ | सभामुख डिपी अर्यालले दलगत सहभागिताका आधारमा संसदमा कसैलाई पनि भेदभाव नहुने बताएका छन्। सभामुख पदमा निर्वाचित भएका अर्यालले प्रतिनिधिसभा बैठक सञ्चालन गरेको पहिलो बैठकमा सभामुख पद तटस्थ, निष्पक्ष र समन्वयकारी हुने प्रतिबद्धता समेत जनाएका छन्।

‘संसदमा सबै सदस्यदहरूको भूमिका बराबर हुन्छ र हुन पर्दछ, यहाँहरू जनताको प्रतिनिधित्व गरेर आउनु भएकोले कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन भन्ने स्पष्ट पार्दछु,’ अर्यालले भने, ‘सत्तापक्षको गुण र दोषको आधारमा प्रतिपक्षले भूमिका निर्वाह गर्ने हुँदा समाजमा सुशासन कायम गरी विकसित राष्ट्र निर्माणमा सबैको बराबरी भूमिका रहने हुन्छ।’

अर्यालले संविधान र प्रचलित कानूनको अधिनमा रहि राजनीतिक दलहरुसंगको आपसी सहयोग र समन्वयको आधारमा अघि बढ्ने समेत प्रतिवद्धता जनाएका छन्। ‘म राजनीतिक दलमा आबद्ध भएर नै निर्वाचित प्रतिनिधिसभा सदस्यको हैसियतमा सभामुख पदको जिम्मेवारीमा आइपुगेको हुँ,’ अर्यालले भने, ‘विगतमा राजनीतिक दलमा सहभागी भएकै कारण यस गरिमामय सभाको मर्यादा र आँचमा कुनै कमी हुन दिने छैन। सभामुख निष्पक्ष र स्वतन्त्र भए मात्र यस गरिमामय सभा र सदस्यहरूको ओझ बढ्दछ भन्ने कुरामा म विश्वास दिलाउँछु। संख्याकै आधारमा कुनै भेदभाव हुँदैन र हुने छैन पनि।’

सभामुख अर्यालले नयाँ कानुन निर्माण गर्नुभन्दा पहिला हाल विद्यमान ऐन कानूनको गम्भीर समीक्षा र पुनरावलोकन गर्नुपर्ने र कतिपय कानुन खारेज गर्ने विषयमा अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी