2026-09-10 11:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले एउटा चुनावको पराजयबाट आफू नआत्तिने र नडराउने बताएका छन्। मधेस प्रदेशको जनकपुरधाममा बुधबार आयोजित चुनावी समीक्षामा बोल्दै उनले अब पार्टी शुद्धीकरणमा लाग्ने बताए।

‘म नेपाली कांग्रेस पार्टीको कार्यकर्ता हो, एउटा चुनावको जय वा पराजयबाट डराउने वा आत्तिने होइन,’ सभापति थापाले भने। फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा थापा सर्लाही ४ बाट पराजित भएका थिए। त्यसपछि थापा ‘मौन’ रहेको भन्दै चर्चासमेत हुने गरेको छ। त्यसतर्फ लक्ष्य गर्दै सभापति थापाले भने, ‘मैले केही समय लिन खोजेको हो। किन समय लिन खोजेको भने- हामीले धेरै कुरा सुन्नुपर्ने रहेछ। धेरै नयाँ कुरा सिक्नुपर्ने रहेछ। दौडेर मात्र हुँदैन, केही तयारी गर्नुपर्छ।’

उनले वैशाख १ गते आफूले काठमाडौँ महानगर वडा नम्बर ३० को कार्यसमितिबाट क्रियाशील सदस्यता नवीकरण गर्ने पनि बताए।‘हामीले केन्द्रीय समितिबाट सबैको क्रियाशील सदस्यता खारेज गरेका छौं, अहिले क्रियाशील सदस्यता छैन,’ उनले भने, ‘अब वैशाखदेखि फेरि नवीकरण र वितरण हुन्छ।’

पार्टीले अब क्रियाशील सदस्यको संख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने उनले बताए। उनले पार्टीभित्र शुद्धीकरण अभियान सञ्चालन गरिने र कम संख्या भए पनि जिम्मेवार कार्यकर्ताको बलमा संगठन सुदृढ बनाइने बताए।‘अब संख्या वा क्रियाशील सदस्यको भिड होइन, निष्ठावान् कार्यकर्ताको आवश्यकता छ। पार्टीले सोहीअनुसार नीति बनाएर अगाडि बढ्छ,’ उनले भने।

समस्याको बेला पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए पनि सङ्गठन थप चलायमान हुने सभापति थापाको भनाइ थियो।‘पार्टीलाई एकताबद्ध, अनुशासित र नीति–सिद्धान्तमा आधारित बनाउँदै देशभर नयाँ ऊर्जा सिर्जना गरिने छ। कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ