2026-10-18 01:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

एकै ठाउँमा सुनिए छथरे युवा श्रष्टा

प्रकाश धौलाकोटी/कात्तिक १०, तेह्रथुम । बर्षौपछि ऐतिहासिक छथर क्षेत्रका साहित्यिक श्रष्टाहरु विहीबार एकै ठाउँमा सुनिएका छन् । 

नवगठित छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा भएको कार्यक्रममा छथर क्षेत्रमा जन्मिएर साहित्य सिर्जनामा क्रियाशील युवा श्रष्टाहरुले लामो समयपछि एकै ठाउँमा सृजना बाचन गरे । तर कार्यक्रममा यहाँका पुराना र सबै श्रष्टाहरु भने सहभागी भएनन् । 

साहित्य क्षेत्रमा पछिल्लो समय बढ्दै गएको निराशाकै कारण छथरे श्रष्टाहरु एकजुट हुन नसकेको सहभागी युवा श्रष्टाहरुले निष्कर्ष निकाले । कार्यक्रममा एक दर्जन युवा श्रष्टाहरुले साहित्य सिर्जनाहरु बाचन गरेका थिए । 

युवा श्रष्टाहरु कोशी किनारे, टिका थोक्लेन, मनकुमार पारघरी, सुर्य तेह्रथुमे, प्रकाश पाक्सावा, अनिल पाक्साँवा, नगेन साँवा, डिबी साँवा, मधुसुदन बस्नेत, जमित साँवा लगायतले सिर्जना बाचन गरेका थिए । युवा श्रष्टाहरुले छथरको साहित्यिक गतिविधिलाई अगाडि बढाउन भन्दै संगठित हुने प्रयत्न समेत गरेका छन् ।

 प्रारम्भमा तदर्थ समितिको रुपमा टिका थोक्लेनको संयोजकत्वमा ९ सदस्यीय समिति बनेको छ । समितिको सह–संयोजकमा निभा खुसी, कार्यक्रम संयोजक अनिल पाक्साँवा, प्रचार प्रसार संयोजक प्रकाश पाक्साँवा र सदस्यहरुमा मधुसुदन बस्नेत, मनकुमार पारघरी, जमित साँवा, डिकेन पाक्साँवा र सावित्रा घोर्साने रहेका छन् । कोशी किनारेको संयोजकत्वमा बनाइएको ३ सदस्यीय सल्लाहाकार समितिमासुर्य तेह्रथुमे र नगेन साँवा छन् । ऐतिहासिक १७ थुममध्ये छथर पनि एउटा थुम हो । 

तेह्रथुम र धनकुटाका एक दर्जन बढी तत्कालिन गाउँ विकास समितिहरु मिलेर बनेको यो भूगोलको ऐतिहासिक पहिचानलाई आधार मान्दै साहित्यकर्मीहरु एकजुट हुने प्रयास थालिएको प्रचार प्रसार संयोजक पाक्साँवाले बताए । यो क्षेत्रमा एक दशक अघि दर्जन बढी साहित्यिक हवाई पत्र–पत्रिकाहरु प्रकाशित हुने गरेका थिए । अहिले ती पत्रपत्रिकाहरु बन्द छन् । 

विज्ञान प्रविधिको विकास र बढ्दो सामाजिक सन्जाल मोहका कारण साहित्य सिर्जनाको रस नै हराउन थालेकोप्रति उनीहरुले चिन्ता व्यक्त गरेका छन् । ऐतिहासिक छथर क्षेत्रका तत्कालिन गाउँ विकास समितिहरु मिलाएर हाल तेह्रथुममा छथर गाउँपालिका र धनकुटामा छथर जोरपाटी गाउँपालिका गठन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु