२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच दिनपछि उठाइयो नगरकोटी दप्पतीको शव, ५२ लाख क्षतिपूर्ति दिने सहमति

२०८१, ३ मंसिर सोमबार १२:१४

काठमाडौँ | कात्तिक २८ गते काठमाडौंको इन्द्रायणीमा भएको सवारी दुर्घटनामा परेर ज्यान गुमाएका नारायण नगरकोटी र उनकी पत्नी सानुमाया नगरकोटीको शव आज पाँच दिनपछि उठाइएको छ।

दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ निवासी नारायण नगरकोटीलाई सोही दिन अस्पतालले मृत घोषणा गरेको थियो भने पत्नी सानुमायाको दुई दिनपछि निधन भएको थियो।

शव व्यवस्थापन र काजक्रियाका लागि झाँक्री प्रकाश भुजेल र मृतक परिवारबीच आर्थिक सहमतिमा विवाद हुँदा पाँच दिनसम्म शव अस्पतालमै रहेको थियो।

प्रहरी स्रोतका अनुसार, आइतबार दुवै पक्षबीच ५२ लाख रुपैयाँ क्षतिपूर्तिमा सहमति भएपछि सोमबार शव उठाउने निर्णय गरिएको हो। मृतकका परिवारले सुरुमा प्रतिव्यक्ति ५० लाखका दरले एक करोड माग गरेका थिए। निरन्तर वार्ता र स्थानीय जनप्रतिनिधिको मध्यस्थतापछि सहमति भएको प्रहरीले जनाएको छ।

दुर्घटना गराउने झाँक्री प्रकाश भुजेल हाल भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा छन्। उनलाई सवारी तथा यातायात ऐन २०४९ को दफा १६१ को उपदफा ३ बमोजिम सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको छ।

प्रहरीका अनुसार, ऐनअनुसार झाँक्री भुजेललाई बढीमा एक वर्ष कैद सजाय हुनसक्छ। यद्यपि, कानुनले दुई वर्षसम्मको सजाय धरौटीमा छुट्ने सुविधा पनि दिएको छ।

दुर्घटनापछि स्थानीय बासिन्दाले पनि क्षतिपूर्ति र न्यायको माग गर्दै दबाब दिएका थिए। प्रहरीले मध्यस्थता गरी सहमति गराएपछि अहिले घटना समाधानतर्फ अघि बढेको छ। मृतक परिवारको काजक्रिया अब सुरु गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ