2026-08-21 11:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

युइएफए नेसन्स लिगमा इंग्ल्याण्डको ५–० गोलको फराकिलो जित

काठमाडौं । युइएफए नेसन्स लिगमा इंग्ल्याण्डले फराकिलो जित दर्ता गरेको छ । सोमबार विहान घरेलु मैदान बेम्ब्लीमा १० खेलाडीमा समेटिएको रिपब्लिक अफ आयरल्याण्डलाई ५–० गोल अन्तरले पराजित गरेको हो । युरो २०२४ को उप विजेता इंग्ल्याण्डले प्रशिक्षक ली कास्लीको अन्तिम खेल सम्झनलायक बनायो । अब इंग्ल्याण्डको प्रशिक्षणको रुपमा थोमस टुचेल रहने छन् ।

पहिलो हाफमा आयरल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै इंग्ल्याण्डलाई रोकेको थियो । तर, दोस्रो हाफको सुरुमै ५१ औं लियाम स्केल्सले जुड बेलिंघमलाई रोक्दा फाउल गरेपछि रातो कार्ड पाउँदा आयरल्याण्ड १० खेलाडीमा समेटियो । त्यतिबेला इंग्ल्याण्डले पेनाल्टीको अवसर पनि पायो ।

कप्तान ह्यारी केनले पेनाल्टीमा गोल गर्दै इंग्ल्याण्डलाई सुरुआती अग्रता दिलाए ।

५५ औं मिनेटमा इंग्ल्याण्डले अग्रता दोब्बर बनाउन सफल भयो । टिनो लिभ्रामेन्टोको डिफ्लेक्टेड क्रसमा आएको बल एन्टोनी गोर्डनले भली प्रहार गर्दै करियरको पहिलो अन्तर्राष्ट्रिय गोल गरे । यसैगरी ५८ औं मिनेटमा कर्नरबाट आएको बललाई कोनर गालाघरले पनि पहिलो गोल गर्दा इंग्ल्याण्ड ३–० ले अघि बढेको थियो ।

ज्यारोड बोवेनले मैदान प्रवेश गरेलगत्तै ७५ औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डको अग्रता थप मजबुत बनाएका थिए । टेलर हार्वुड–बेलिसले पनि आफ्नो डेब्यू खेलमा जुड बेलिङ्घमको क्रसमा हेड गर्दै  ७९ औं मिनेटमा टिमका लागि पाँचौं गोल गरेका थिए । जीतसँगै इंग्ल्याण्ड समूह बीको २ मा १५ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

यही समूहमा रहेको ग्रीसले फिनल्याण्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । ग्रीसका कप्तान टासोस बाकासेटास र विङ्गर डिमिट्रिस जोलिसले एक एक गोल गरेका थिए ।

खेलको ५२औं मिनेटमा कन्स्टान्टिनोस कुलियेराकिसले दिएको बललाई बाकासेटासले बक्सभित्र नियन्त्रणमा लिँदै गोलमा परिणत गरेका थिए ।

त्यसको चार मिनेटपछि, डिमिट्रिस जोलिसले गोल गरेपछि ग्रीसको जित पक्का भएको थियो । ग्रीसले नेशन्स लिगको समूह चरणमा इंग्ल्याण्डपछि दोस्रो स्थानमा छ ।

नेसन्स लिग अन्तर्गत समूह ए२ को खेलमा फ्रान्सले इटालीलाई ३–१ ले हराउँदै शीर्ष स्थान पक्का गरेको छ ।  खेलको दोस्रो मिनेटमै एड्रियन राबियोटले लुकास डिनको कर्नरमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएको थिए ।

३३ औं मिनेटमा डिनको फ्रि–किकबाट इटालीका गोलरक्षक गुइलमो भिकारियोको आत्मघाती गोल गरेका थिए । ३५ औं मिनेटमा इटालीका एन्ड्रिया क्याम्बियासोले एक गोल फर्काएका थिए ।

पहिलो हाफमा २–१ को अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा १ गोल थपेको थियो । ६५ औं मिनटमा राबियोटले हेडर गोल गर्दै फ्रान्सको जित निश्चित गरे ।

उता, नर्वेका एर्लिङ हालान्डले कजाकिस्तानविरुद्ध ५–० को जितमा ह्याट्रिक गर्दै टोलीलाई समूह बी३ मा शीर्ष स्थानमा पु¥याएका छन् । पहिलो हाफमै दुई गोल गरेका हालान्डले दोस्रो हाफमा अर्को गोल थपे । एन्टोनियो नुसाले दुई गोल गर्दै नर्वेको जितमा योगदान दिएका थिए ।
यस जितसँगै नर्वेले अष्ट्रियालाई पछि पार्दै नेशन्स लिगको शीर्ष स्थान पक्का गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’