२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

भुई स्याउ उत्पादनमा आकर्षित हुदै पूर्व सभासद कोईराला

२१ माघ २०७२, बिहीबार ११:४६

bhui apple 1दलसिंह गिरी/ माघ २१, कालीकोट । अधिल्लो संविधान सभा निर्वाचनमा नेपाल मजदुर किसान पार्टी कालिकोटबाट समानुपातीक सभासद हुनुभएका पूर्व सभासद नमराज कोइराला कालिकोटमै पहिलो पटक भूई स्याउको उत्पादन गरी उदारणीय काम गरेको भन्दै एक कार्याक्रमका सहभागिहरुले प्रशंसा गरेका छन् । जिल्ला कृषि विकास कार्यालय कालिकोटको समन्वयमा संचालित भूई स्याउ पर्दशनी कार्याक्रमका सहभागिहरुले नमराज कोइराला पूर्ब सभासद भएर पनि ग्रामिण भेगमा बसेर नयाँ कालिकोटमै नयाँ उत्पादन गरी उदारणीय काम गरेको भन्दै प्रशंसा गरेका हुन् ।

प्रदर्शनी कार्यक्रममा प्रमुख अतिथी एवं प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठले भुई स्याउको खेती पूर्व सभासद जस्तो व्यक्तिले कालिकोटमै नयाँ खेतीको सुरुवात गर्नु प्रशंसनिय कार्य भएको वताउनु भएको छ । आफु बेरोजगार भन्दै रोजगारको लागि विदेशीने यूवाहरुलाई चुनौति दिदै कोइरलाले उदारणीय र प्रशंसनीय काम गरेको प्रजिअ श्रेष्ठ बताउनु भयो ।

कृषि तथा खाद्य सुरक्षा कार्यक्रमका गंगाराम यादवले भुई स्याउ धेरै प्रकारको हुने भएको भन्दै यसले मानिसको स्वास्थ्यमा धेरै लाभदायिक औषधीको काम गर्ने वताउनु भएको छ । जिल्ला सदरमुकाम मान्म देखि उत्तर तर्फ पर्ने राँचुली गाविसमा घर भएका पूर्व सभासद कोइरालाले गत बर्ष आफुले जुम्लाको वड्की वाट भुइ स्याउको विउँ ल्याई आफुले खेती गरेको र अहिले स्थानीय ३३ घरपरिवारलाई विउ बाडेर अहिले सबै जनाले खेती गरी मनग्य आम्दानी लिईसकेको कोइरालाले बताउनु भयो ।

bhui apple

जापान वाट नेपालमा आयत भएको यो खेती नेपालका दुई दर्जन जिल्लामा नमुनाको रुपमा सुरु भएको पूर्व सभासद कोइरालाले बताउनु भएको छ । हाल आफुले ३ रोपनीमा जग्गामा खेती गरिरहेको र यो वर्ष झण्डै ५ क्वीन्टल स्याउ उत्पादन भएको जानकारी दिनु भएको छ । परिक्षणको रुपमा सुरु गरिएको यो खेतीबाट राम्रो आम्दानी हुने र स्वास्थ्यकर हुने भएकाले अब यसलाई ब्यवशायकै रुपमा उत्पादन गर्ने कोइरालाको भनाई छ ।

भुईं स्याउको पातबाट हर्बल चिया, फलबाट जुस, ड्रिङ्स, कन्फेक्सनरी, स्न्याक्स, ब्रान्डी रक्सी समेत उत्पादन हुने भएकाले यसलाई प्रशोधन गरी बहु उपयोगी खाद्य पदार्थ उत्पादन गर्न सकिने र यसबाट मधुमेह, मोटोपना, उच्च रक्तचाप, मिर्गाैलाको समस्या, हेपाटाइटिस, कमलपित्त, क्यान्सर, एलर्जी जस्ता एक दर्जन भन्दा बढी रोग निको बनाउने औषधिका रूपमा प्रयोग गर्न सकिन्छ ।

खेती सुरु गरिएको नौ महिना मै फल्न सुरु हुने र एउटै बोटबाट पाँच केजी सम्म स्याउ उत्पादन गर्न सकिने भएकाले पनि यसको खेतीबाट किसानको आयआर्जनमा राम्रो सहयोग पुग्ने जानकारहरु बताउ छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ