१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

सल्यानको कालीमाटी गाउँपालिकाले पर्यटकीयस्थलमा लगानी गर्ने

१४ कार्तिक २०७४, मंगलवार ०२:५८

कात्तिक १४, सल्यान (रासस) | पर्यटकीय दृष्टिकोणले अत्यन्तै सम्भावना बोकेको कालीमाटी गाउँपालिकाले आफ्नो क्षेत्रको पर्यटकीयस्थलको विकासलाई प्राथमिकता दिने भएको छ । 

करिब एक दर्जन पर्यटकीयस्थल रहेको कालीमाटी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटकीयस्थलको विकास र प्रवद्र्धनका लागि लगानी गर्ने भएको छ । 

नेपाल पत्रकार महासंघ, सल्यान शाखाले आफ्नो नियमित बैठक धार्मिक तथा पर्यटकीयस्थल कालीमाटीको लक्ष्मीपुरमा सम्पन्न गरेर पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकालाई अनुरोध गरेपछि कालीमाटी गाउँपालिकाले यस्तो निर्णय गरेको हो । 

लक्ष्मीपुरको त्रिकोटेश्वर कमलाक्षी मन्दिरमा बैठक सकेपछि त्यस क्षेत्रको विकासका लागि पहल गर्न पत्रकार महासंघ सल्यानले गाउँपालिकालाई लिखितरुपमा अनुरोध गरेको महासंघ शाखा सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्माले जानकारी दिनुभयो । 

यस कालीमाटी गाउँपालिकामा त्रिकोटेश्वर मन्दिरलगायत गंगामाला भगवती मन्दिर, कछुवा दह, शिव मन्दिर, सिम्ले लहरा, चमेरे गुफालगायतका पर्यटकीय एव धार्मिकस्थल छन्, यी सबै पर्यटकीयस्थलको एकैपटक अवलोकन गर्ने गरी योजना बनाउने कालीमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट