काठमाडौँ | प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रिय हितविपरीत रहेको भन्दै श्रम संस्कृति पार्टीले शनिबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ।
खबरदारी सभासहित आयोजित प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यहीन रहेको दाबी गर्दै त्यसलाई फिर्ता लिन माग गरेका थिए। उनीहरूले ‘नेपाली माटोको रक्षा गरौं’, ‘राष्ट्रको सम्मान जोगाऔं’ र ‘गैरजिम्मेवार अभिव्यक्तिको विरोध गरौं’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
कार्यक्रममा श्रम संस्कृति पार्टीका सांसद आरेन राई ले सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीले सदनमा गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाए। उनले सीमा समस्या र सीमा मिच्ने विषय फरक भएको उल्लेख गर्दै यस विषयमा पार्टीको अडान कायमै रहने बताए।