2026-09-08 03:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

बिरामीका लागि आँपपिपल अस्पतालले सुरु गरयो बस सेवा

कात्तिक २१, गोरखा । जिल्लाको ग्रामिण भेगमा रहेर अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गरिरहेको आँपपिपल अस्पतालले बिरामीलाई लक्षित गरेर बस सेवा सुरु गरेको छ । 

मंहगो एम्बुलेन्स भाडा तिरेर उपचारका लागि अस्पताल जान नसक्ने बिरामीका लागि उक्त सेवा सुरु गरिएको प्रशासकिय अधिकृत बामुराम गिरीले जानकारी दिए ।

‘नियमित चेक जाँच वा सामान्य स्वास्थ्य परीक्षणका लागि अस्पताल आउने चाहने सेवाग्राहीको सुबिधाका लागि हामीले बस चलाउन लागेका हौ’ उनले भने । शुष्मा कोइराला मेमेरियल अस्पताल साँखु काठमाण्डौको अनुदानमा प्राप्त २४ सिटको उक्त बस ल्याइसकिएको छ । मेड नेपाल र मेड जमर्नीको सहयोगमा उक्त बस सञ्चालन गर्ने तयारी अस्पतालको छ ।

आँपपिपल अस्पतालको सेवा क्षेत्रको भित्र आलोपालो गरी बस चलाईने गिरी बताए । ‘हामी सेवाग्राहीको माग र चाप अनुसार हप्तामा आलोपालो गरी बस चलाउछौं’ उनले भने । विभिन्न रुट बनाएर बस चलाउने तयारी अस्पतालले गरेको छ । 

पहिलो पटक पालुङटार नगरपालिकाको खोप्लाङ पाउरोटी भण्डारबाट लुँइटेल भञ्जाङ, बड्डाँडा, हुँदै आँपपिपल सम्म एउटा रुट बनाइएको छ भने सिरानचोकको चित्र पोखरीबाट हर्मी भञ्जाङ, आँपपिपल भञ्जाङ हुँदै आँपपिपल अस्पताल सम्म गरी अर्को रुट निर्धारण गरिएको गिरीले बताए । ‘हामी बिहान जहाँबाट बिरामी ल्याएका छौ उपचार भएपछि साँझ त्यही लगेर छाडिदिन्छौ’ उनले भने ।

अन्य ठाँउमा पनि माग आए संम्भावता अध्ययन गरी रुट निर्धारण गर्नेे अस्पतालको तयारी छ । गाउँमा युवा शक्ति नहुँदा र भएको एम्बुलेन्सको भाडा पनि मंहगो हुँदा नियमित स्वास्थ्य परिक्षण गराउनु पर्ने र सामान्य खालका बिरामीहरुको आवश्यकतालाई मध्येनगर गरी जिल्लामा पहिलो पटक आँपपिपल अस्पतालले बस सेवा सुरु गरेको हो ।

‘जसलाई स्वास्थ्य परिक्षण गराउन छ, तर त्यत्ति जटिल समस्या पनि छैन, एम्बुलेन्समा जान सक्दैन, बोकेर लाने जनशक्ति पनि गाउँमा छैन् उहाँहरुलाई हामीले टार्गेट गरको हौं’ गिरीले भने । सिकिस्त खालका बिरामीका लागि भने अस्पतालको एम्बुलेन्स २४ घण्टा नै सञ्चालनमा रहेको उनले बताए ।

अहिले सरकारले गरेको स्वास्थ्य बिमा कार्यक्रमका लागि पनि जिल्ला अस्पताल गोरखा र आँपपिपल अस्पतालबाट मात्र सेवा लिनुपर्ने भएपछि नियमित स्वास्थ्य परिक्षण गराउनेहरुको सुबिधाका लागी बस सेवा प्रभावकारी हुने अस्पतालको विश्वास छ ।

केही दिन भित्र सडक मर्मत गरेर बस सञ्चालन गर्ने तयारीमा आँपपिपल अस्पताल जुटेको छ । सोका लागि पालुङटारको सभा चौतारो देखि अस्पताल सम्मको सडक मर्मतको काम भईरहेको उनले बताए । अन्य सडक मर्मतमा स्थानीय तहलाई चासो दिन पनि अस्पतालले आग्रह गरेको छ ।

हरेक गाउँलाई पायक पर्ने गरी एउटा बाटोलाई प्राथामिकतामा राखेर स्तरउन्नती गर्ने हो बस सेवा प्रभावकारी हुने गिरीले बताए । युनाइटेड मिसन डु नेपालले स्थापना गरेको उक्त अस्पताल ग्रामिण भेममा सञ्चालित नेपालकै नमूना र उत्कृष्ट अस्पताल हो ।

अत्याधुनिक सेवा सुविधा सहित सञ्चालनमा रहेको उक्त अस्पताल सम्म पुग्ने सडक व्यवस्थित नहुँदा बिरामीहरुलाई भने समस्या हुने गरेको छ । नरेन्द्र ढकालको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ