2026-10-29 01:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल

2026-10-29

काठमाडौँ | बंगालको खाडीबाट विकसित चक्रवात ‘अर्नब’का कारण भारतका आन्ध्र प्रदेश र ओडिशामा पाँच जनाको मृत्यु भएको छ । तीव्र हावाहुरी र भारी वर्षाले विभिन्न क्षेत्रमा रुख ढल्नुका साथै पुल तथा सडकमा क्षति पुगेको छ । चक्रवातको प्रभाव मध्य प्रदेश, राजस्थान, बिहार, उत्तर प्रदेशसहित १५ राज्यमा देखिएको छ । ती क्षेत्रमा वर्षा भइरहेको र आगामी दुई दिनसम्म वर्षा जारी रहने अनुमान गरिएको छ । छत्तीसगढका १२ र ओडिशाका १६ जिल्लामा बिहीबार विद्यालय बन्द गरिएका छन् ।

ओडिशामा करिब ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । गजपति जिल्लामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ भने छ गाउँको सडक सम्पर्क टुटेको बताइएको छ । चक्रवात मंगलबार राति आन्ध्र प्रदेशको तटीय क्षेत्रमा पुगेका बेला प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरको गतिमा हावा चलेको थियो ।

भारतको मौसम विभागका अनुसार चक्रवात कमजोर हुँदै गहिरो न्यून चापीय प्रणालीमा परिणत भएको छ । मध्य प्रदेश, राजस्थान, बिहार र उत्तराखण्डका विभिन्न जिल्लामा भारी वर्षा, चट्याङ र हावाहुरीको चेतावनी जारी गरिएको छ । खराब मौसमका कारण उत्तराखण्डको केदारनाथ क्षेत्रमा हेलिकप्टर सेवा पनि रोकिएको छ । यता, नेपालमा पनि मौसम पूर्वानुमान महाशाखाले आजदेखि चक्रवात ‘अर्नब’ को प्रभाव देखिने भन्दै सतर्क रहन अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ