विजया पन्त ।

माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ

पोखरात साच्ची कै नै पोखरा पो रैछ ।

प्रेम प्रकास मल्लको यो गीतले नै पोखरा र फेवातालको सुन्दरताको वर्णन हजार मुख भएका शेष नागले"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजया पन्त ।

माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ

पोखरात साच्ची कै नै पोखरा पो रैछ ।

प्रेम प्रकास मल्लको यो गीतले नै पोखरा र फेवातालको सुन्दरताको वर्णन हजार मुख भएका शेष नागले"/>

२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘फेवातालको बीचमा सबैकी सानी आमा’

२०७४, १४ मंसिर बिहीबार ०८:४१

विजया पन्त ।

माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ

पोखरात साच्ची कै नै पोखरा पो रैछ ।

प्रेम प्रकास मल्लको यो गीतले नै पोखरा र फेवातालको सुन्दरताको वर्णन हजार मुख भएका शेष नागले पनि गर्न सक्दैनन् जस्तो लाग्छ  । तर पनि उत्तरतिर रहेका हिमाच्छदित माच्छापुच्छ्रे र अन्नपूर्ण हिमालको स्वरुपलाई आफ्नो छातीमा प्रतिबिम्बको रुपमा राखेको फेवाताल, बीचको तालबाराही मन्दिर, माथि देखिने बौद्ध स्तुप, शान्त र निश्चल रहेको फेवा आफै जस्ता  प्रकृतिको त्यो अनुपम छटा कसैको पनि मन नलोभ्याइ रहन सक्तैन । न त कसैले वर्णन नगरी सक्छ  । त्यति मात्र पनि कहाँ हो र ? डुंगामा चढेर चारैतिरको दृश्यलाई नियाल्दै फेवातालमा सयल गर्दाको अवस्थाले त झन कसलाई पो आनन्द  नआउला र ? त्यसैले होला पोखरा पुग्ने जो कोही पनि फेवाको सेवा नलिइ र्फकने मन गर्दैनन् । 

बाह्य पर्यटकको केन्द्र त पोखरा छदैछ । आन्तरिक पर्यटकको केन्द्र पनि पोखरा नै बनेको छ । पारिवारिकदेखि संघसंस्था र विद्यालयको आन्तरिक भ्रमण जाने पहिलो स्थान भनेकै पोखरा हो र त्यसमा पनि फेवा ताल । जो कोही अन्य कुनै ठाउँ पुग्न छोडे पनि पोखरा पुगेपछि फेवाको सेवामा पुगेकै हुन्छन् । त्यस्तै थियो हाम्रो यात्रा पनि । त्यहाँ पुगेपटि कति तालबाराहीमा पुजा गर्न जाने त कति बोटिङी गर्न जाने हुँदा रहेछन् । फेवातालको छेउमा पुगेपछि सबैको ध्यान ताल सयलको लागि सेफ्टी ज्याकेट र टिकट लिनेमा नै हुँदो  रहेछ । बृद्धदेखि बच्चासम्म डुँगा चढेर पानीमा सयल गर्दाको मज्जामा रमाइरहेका थिए । डुंगा माझीको नियन्त्रणमा तालको बीचमा धेरै तैरी रहेका थिए । अचानक मेरो आँखा एउटा यस्तो डुंगामा पर्यो । यदि कसैले पनि उसलाई नियालेर हेर्छ भने साच्चै एउटा जीन्दगीको डुंगानै तारिदिने प्रेरणा मिल्छ  । 

तीन जना खैरो कपाल भएका बीचमा र गमना समाएर, यदि मेरो अनुमान गल्ती हुँदैन भने आधा शताब्दी काटेकी महिला डुँगाको छेउमा बसेकी थिइन ।  तीन जना सेफ्टी ज्याकेटमा थिए भने  उनी त “फेवा डुँगा व्यवसायिक संगठन, बैदाम ६ पोखरा, द्य।न्” लेखिएकोे डुँगा व्यवसायीको पहेँलो  ज्याकेटमा थिइन् । शिरमा उलनको रातो टोपी जाडो छेक्न होला । कपालमा रातो डोरी बाटिएको थियो । पोशाकमा त उनले तलबाट लुङ्गी र माथिबाट टिसर्ट लगाएकी थिइन् । 

“फेवातालमा साइली डुँगा सरसर” भन्ने गीमा झैँ नेपाली र अझ जात विशेषको अमूल्य पोशाकमा पुरुष सरह फेवाको बीचमा डुँगामा बिदेशीलाई सरर घुमाएको देख्दा,  म पनि महिला भएको नाताले गर्वले छाती फुरेर आयो । आज अधिकार समान खोज्दा हाम्रा गुनियो, चोली र डोरीहरु धरापमा पर्दै छन् । यस्तै अवस्था बढ्दै गए भोलि हाम्रा पोशाक म्युजियमको सोकेशमा खोज्नु पर्ने त होइन ? यस अवस्थामा महिलाकै पोशाकमा डुँगा चलाएको देख्दा,हामीलाई पोशाकले होइन इच्छा शक्तिले रोक्दो रहेनछ भन्ने लाग्यो  भने अर्कोकोतिर त्यही लेक साइटमा हट पाइन्ट लगाएर मोटा साप्रा देखाएर हिड्नेलाई चुनौती पनि हो की ? भन्ने आभाष  भयो । 


हुन त बाल्यकालमा म डुँगा नतरेको पनि होइन । गाउँघरमा नुनतेल आवश्यक सामान किन्न नदी तरेर बजार जानु पर्ने । त्यस्तैमा एकपटक बाल्यकालमा आमासति डुँगा तरेर बजार जाँदा सानी बच्चीले डुँगा चलाएर नदी तारिन् । उनको क्षमता देखेपछि आमाले भन्नु भयो “यी बोटेहरू त पानी भन्दा एक दिनले जेठो हुन्छन् । त्यसैले उनीहरुलाई पानीले केही र्गदैन ।”हो उनी कुन जातकी हुन् ? सेफ्टी बिनाको र उमेरको अवस्था हेर्दा लाग्यो उनी पक्कै पनि एकदिनले पानीभन्दा जेठो हुनुपर्छ  । नालालापनीको युद्धमा पनि महिला लडेका थिए भन्ने इतिहास पाइन्छ । १० वर्षे जनयुद्धमा पनि गोलाबारुद बानेकेर महिला नहिडेका होइनन् तर जति पनि यस्ता अदम्य साहस मध्यम र तल्लो वर्गमा नै रहन्छ र प्रेरणाका स्रोत पनि उनै बन्छन् ।  उनीहरूको श्रमको सम्ममान गर्दै हृदयदेखि नै सलाम भन्न मन लाग्छ । 

फेवातालको बीचमा डुँगा गमनाले खियाउनु उनको रहर होइन बाध्यता थियो भन्ने कुरा उनको पोशाकले नै देखाउँछ । छोराछारी जहान बच्चा पाल्ने जिम्मेवारीको बोध गराइरहेको थियो त्यो दृश्यले । बाध्यात्मक साहस देखेर उनको परिचय लिन मन लाग्यो र त्यहीँको एक जना कर्मचारीसित सोधेँ । फेवा तालको बीचमा  गमना हातमा लिएकी महिलाप्रति इँकित गर्दै भने “त्यो महिलाको नाम के हो ?” उहाँबाट जति उत्तरको अपेक्षा गरेकी थिएँ त्यो पाउन सकिन तर पनि जति उत्तर दिनु भयो त्यसले पनि सन्तुष्ट भएँ । उहाँले भन्नु भो “उहाँलाईँ हामी सबैले सानी आमा भन्छौँ वा उहाँ हामी सबैको सानीआमा हुनुहुन्छ । ” 

यति परिचय पाएपछि म उनलाई श्रमजीवी महिला भनेर चिनेँ । उनको नाम थाहा छैन । उनी कसैकी छोरी, श्रीमती, आमा, बुहारी …… हुन् थाहा छैन । उनको अनुहारको परिचय पनि छैन । मसित उनको सबैकी सानी आमाभन्दा अरु व्यक्तिगत परिचय छैन । मसँग छ त लुङ्गी र टिसर्टमा सजिएकी, रातो डोरी बाटेकी संगठनको परिचय खुल्ने ज्याकेट लगाएकी, नेपाली अदम्य साहस बोकेकी नेपाली महिला “ फेवातालको बीचमा, सबैकी सानी आमा ।”


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ