मंसिर २३, काठमाडौं । नयाँ उदाउँदो पार्टीको रुपमा चिनिएको पार्टी विवेकशील साझाका रविन्द्र मिश्रलाई पराजित गर्दै काठमाडौँ १ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह प्रतिनिधिसभामा विजयी भएका छन् ।
सिंह बिजयी मात्र भएनन् । कांग्रेसबाट प्रतिनिधि सभामा खाता समेत खोलेका छन् ।
सिंहले विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ७१९ मतान्तरले पराजित गरेका हुन् । सिंहले १० हजार ९ सय ३७ मत पाएका छन् भने मिश्रले १० हजार २१८ मत पाएर दोस्रो स्थान हासिल गरेका छन् ।
चुनाव जितेर आफ्नो पार्टीलाई राष्ट्रिय पार्टी बनाउने रणनीति बनाएका मिश्रको पराजय विवेकशील साझालाई निकै नमिठो बनेको छ ।
यहाँ वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले भने तेस्रो स्थानमा चित्त बुझाएका छन् ।