2026-07-04 08:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

९:२० सम्मको समानुपातिक मतपरिणाम: अहिलेसम्म ४ दलले मात्र थ्रेसहोल्ड कटाए (कसको मत कति ?)

मङ्सिर २६, काठमाडौँ | प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतगणना लगभग सकिएपछि अब प्रतिनिधि सभाको समानुपातिकतर्फ कसले कति सिट पाउँछन् त्यो चासोको विषय बनेको छ। समानुपातिकमा कूल खसेको मत एक करोड ५ लाख ८७ हजार ५२१ हो। त्यसमध्ये मंगलबार बेलुका ९:०० बजेसम्मको ताजा अपडेट अनुसार एमालेले सबैभन्दा बढी मत पाएर समानुपातिकमा पहिलो ठूलोदलको अग्रता कायमै राखेको छ । एमालेले १६ लाख ५ हजार ८८१ मत मत पाएको छ | यता कांग्रेस भने दोश्रो स्थानमा छ | उसले अहिलेसम्म १५ लाख ५१ हजार २९१ मत पाएको छ | त्यस्तै माओवादी केन्द्रले पछिल्लो अपडेट अनुसार ६ लाख ३६ हजार ८९३ मत पाएको छ । त्यस्तै संघीय समाजवादी फोरम, नेपाल १ लाख ६१ हजार ६२ मत पाई थ्रेसहोल्ड कटाएको छ | 

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार अहिलेसम्म एमाले कांग्रेस र माओवादीले बाहेक अरुले समानुपातिकमा सिट पाउने छैनन् | तीन प्रतिशतको थ्रेसहोल्ड अरु दलले अहिलेसम्म पार गर्न नसकेको हुनाले अरु दलले ० सिट पाउने छन् । 

तीन प्रतिशत मत नपाएसम्म समानुपातिकमा जतिसुकै मत ल्याए पनि समानुपातिक सिट नपाउने हुनाले यस पटक समानुपातिकमा सिट पाउन साना दललाई सजिलो छैन । अहिलेसम्म ४ दलले मात्र समानुपातिकमा सिट पाउने देखिएको छ | तर प्रमुख ३ दलवा अन्य दलले मत बढाउंदै जाँदा अहिले ३ प्रतिशत थ्रेशहोल्ड कटाएको दलले समेत अन्तिम मत गन्दासम्म ३% मत नपुर्याएको खण्डमा सिट पाउंदैन | अहिले थ्रेसहोल्ड कटाउने दलमा एमाले, कांग्रेस, माओवादी र संघीय समाजवादी फोरम रहेका छन् |  

हेर्नुहोस् कसले कति मत पाए ? 

नेपाल कम्युनिष्ट पार्टी (एमाले): 1605881

नेपाली काँग्रेस: 1514291

एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 636893

संघीय समाजवादी फोरम, नेपाल: 161062

राष्ट्रिय जनता पार्टी नेपाल: 103881

राष्ट्रिय प्रजातन्त्र पार्टी: 100609

विवेकशील साझा पार्टी: 96802

नयाँ शक्ति पार्टी, नेपाल: 48732

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): 33995

राष्ट्रिय जनमोर्चा: 31885

अन्य: 138809

मतगणना सुत्र यस्तो छ:- 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो