2026-07-04 08:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचित महिला सांसद जम्मा २२ जना: अब थप ९० जना महिला कहाँबाट ल्याउने ?

मंसिर २७, काठमाडौं । प्रदेशसभामा अन्तर्गत मुख्य दल नेपाली कांग्रेस र नेकपा एमालेले कम महिला उठाएका कारण क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । कम महिला निर्वाचित भएपछी यी दुई दलले त्यसको क्षतिपूर्ति समानुपातिक सिटबाट तिर्नु पर्ने भएको छ ।

प्रतिनिधि सभा अन्तर्गत माओवादी केन्द्रबाट प्रत्यक्षमा तीन महिला निर्वाचित हुँदा एमालेबाट दुई जना र कांग्रेसबाट भने शुन्य भयो । माओवादीबाट पम्फा भुसाल, कमला रोका र विना मगर निर्वाचित भएका छन् भने एमालेबाट पवित्रा निरौला खरेल र पद्माकुमारी अर्याल निर्वाचित भएका हुन् । 

त्यस्तै प्रदेशसभामा १७ महिला निर्वाचित भएका छन् । जसमा एमालेबाट ८ जना, माओवादीबाट ७ जना र राजपाबाट २ जना रहेका छन् । प्रदेश १, ४ र ५ मा दुई/दुई जना, २ र ३ मा पाँच/पाच जना  र ७ मा एक जना महिला निर्वाचित भएका हुन् । प्रतिनिधि र प्रदेशसभामा कांग्रेसको भने महिला निर्वाचित सांसद शुन्य भएको छ । 

प्रतिनिधि तथा प्रदेश सभामा एकतिहाई महिला पुर्याउन अब दलहरुलाई हम्मे-हम्मे पर्ने देखिन्छ । जसले जति सिट प्रत्यक्षमा पाएका छन् त्यस बमोजिम अब हिसाब गर्ने हो भने पनि सबैभन्दा बढी एमाले-कांग्रेसले समानुपातिकको सिट महिलालाई दिनुपर्ने बाध्यता हुन्छ । प्रतिनिधि सभातर्फ २ सय ७५ तथा राष्ट्रिय सभामा ५९ सदस्य गरी संघीय संसदमा ३३४ जना सांसदहरु छानिनेछन् जसको एक तिहाइ भन्नाले ११२ जना महिला सांसद हुनुपर्नेछ । 

बाध्यात्मक अवस्थामा अब समानुपातिकतर्फ र संविधानको माथिल्लो सदन राष्ट्रिय सभा दुवैमा थुप्रै महिला सदस्यहरुको प्रतिनिधित्व पुर्याउनुपर्ने दबाब दलहरुलाई छ । यस हिसाबले समानुपातिकबाट दलहरुले धमाधम महिलालाई सिट दिनुपर्ने हुन्छ ।

नयाँ संविधानमा संघीय संसदमा महिलाको संख्या कम्तीमा एक तिहाइ हुनुपर्ने व्यवस्था गरिएकोले दलहरुलाई बाध्यात्मक अवस्था आएको हो । प्रतिनिधि तथा प्रदेशसभाबाट प्रत्यक्षमा जम्मा २२ जना महिलाले मात्र जितेका छन् । अब ९० जना महिला सांसद समानुपातिकबाट तान्नुपर्ने अवस्था देखिन्छ । त्यस अनुसार सबैभन्दा बढी समानुपातिकको सिट पाएका दलहरुले नै महिला कोटा भर्नुपर्ने हुन्छ । बिशेष गरि कांग्रेसबाट धेरै महिला तान्न सक्ने देखिन्छ किनकी उसको महिला निर्वाचित शंख्या शुन्य रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो