१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

(साँझ ६:३० को अपडेट) समानुपातिकमा राप्रपाभन्दा विवेकशील अगाडी, कुन-कुन दलले कति मत पाए ?

२८ मंसिर २०७४, बिहीबार १२:५३

मङ्सिर २८, काठमाडौँ | प्रतिनिधि सभा अन्तर्गत कुल ११० समानुपातिक सिटको लागि अहिलेसम्म देशभरीको झन्डै ८५% मत गणना भईसकेको छ | हालसम्मको मतको आधारलाई हेर्दा समानुपातिकमा ५ दलले मात्र थ्रेसहोल्ड कटाउने देखिएको छ | अब लगभग १८ लाखको हाराहारीमा मतगणना बाँकी छँदा कुन दलले कति मत पाए तल हेर्नुहोस् |  

समानुपातिक मतगणनाको दलगत स्थिति (प्राप्त मतका आधारमा) अहिलेसम्म ५ दलले मात्र थ्रेसहोल्ड कटाएका छन् | समानुपातिक सुत्र अनुसार कुल मतको ३% मत पाउनेले मात्र समानुपातिकमा सिट पाउन सक्ने ब्यस्वस्था छ | एस अनुरुप नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नेपाल र राजपाले मात्र थ्रेस होल्ड कटाएको अवस्था छ | 

थ्रेसहोल्ड कटाई सिट प्राप्त गर्ने पक्का भएका दलहरु र तिनले पाएको मत: 

१. नेपाल कम्युनिष्ट पार्टी (एमाले): 2860863

२. नेपाली काँग्रेस: 2780605

३. एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 1147681

४. संघीय समाजवादी फोरम, नेपाल: 409059

५. राष्ट्रिय जनता पार्टी नेपाल: 362616

अहिलेसम्मको स्थितिमा थ्रेसहोल्ड कटाउन नसकेर समानुपातिक सांसद नपाउने अवस्थामा रहेका दलहरु: 

१. विवेकशील साझा पार्टी: 192313

२. राष्ट्रिय प्रजातन्त्र पार्टी: 185851

३. नयाँ शक्ति पार्टी, नेपाल: 73982

४. राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): 70366

५. नेपाल मजदुर किसान पार्टी: 52045

अन्य: 309032

समानुपातिक सांसद कसरी छानिन्छ ?  

समानुपातिक सांसद छान्नको लागि सर्वप्रथम देशभरको मतगणना सकिनुपर्छ र कुल सदर मत कति हो भनेर संख्या निकाल्नुपर्छ ।

निर्वाचन आयोगका अनुसार १ करोड ५ लाख ८७ हजार ५२१ मतदाताले मत खसालेका छन् । जारी गणना हेर्दा २ देखि ३ प्रतिशत मत बदर हुने देखिन्छ । यदि ३ प्रतिशत मत बदर भयो भने सदर मत १ करोड २ लाख ६९ हजार बढी हुनेछ ।

अब यसमा तीन प्रतिशतको थ्रेस होल्ड लागू हुनेछ । कुल सदर मतको ३ प्रतिशत मतअनुसार ३ लाख ८ हजार बढी मत ल्याउने दल मात्रै समानुपातिक सिटका लागि योग्य हुनेछन् ।

यो थ्रेस होल्ड पार गर्न नसक्ने राजनीतिक दलहरुको कुल मत झण्डै १० लाख हुने अनुमान छ । यो मतलाई पनि कुल सदर मतबाट घटाइनेछ । अर्थात करिव ९२ लाख मत समानुपातिकका लागि योग्य मानिनेछ ।

अब ‘सेन्ट लग’ मेथड -मत विभाजन गर्ने सुत्रबाट कुन दलले समानुपातिकमा कति सिट पायो भन्ने छुट्याइनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ