2026-10-22 11:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले एउटा चुनावको पराजयबाट आफू नआत्तिने र नडराउने बताएका छन्। मधेस प्रदेशको जनकपुरधाममा बुधबार आयोजित चुनावी समीक्षामा बोल्दै उनले अब पार्टी शुद्धीकरणमा लाग्ने बताए।

‘म नेपाली कांग्रेस पार्टीको कार्यकर्ता हो, एउटा चुनावको जय वा पराजयबाट डराउने वा आत्तिने होइन,’ सभापति थापाले भने। फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा थापा सर्लाही ४ बाट पराजित भएका थिए। त्यसपछि थापा ‘मौन’ रहेको भन्दै चर्चासमेत हुने गरेको छ। त्यसतर्फ लक्ष्य गर्दै सभापति थापाले भने, ‘मैले केही समय लिन खोजेको हो। किन समय लिन खोजेको भने- हामीले धेरै कुरा सुन्नुपर्ने रहेछ। धेरै नयाँ कुरा सिक्नुपर्ने रहेछ। दौडेर मात्र हुँदैन, केही तयारी गर्नुपर्छ।’

उनले वैशाख १ गते आफूले काठमाडौँ महानगर वडा नम्बर ३० को कार्यसमितिबाट क्रियाशील सदस्यता नवीकरण गर्ने पनि बताए।‘हामीले केन्द्रीय समितिबाट सबैको क्रियाशील सदस्यता खारेज गरेका छौं, अहिले क्रियाशील सदस्यता छैन,’ उनले भने, ‘अब वैशाखदेखि फेरि नवीकरण र वितरण हुन्छ।’

पार्टीले अब क्रियाशील सदस्यको संख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने उनले बताए। उनले पार्टीभित्र शुद्धीकरण अभियान सञ्चालन गरिने र कम संख्या भए पनि जिम्मेवार कार्यकर्ताको बलमा संगठन सुदृढ बनाइने बताए।‘अब संख्या वा क्रियाशील सदस्यको भिड होइन, निष्ठावान् कार्यकर्ताको आवश्यकता छ। पार्टीले सोहीअनुसार नीति बनाएर अगाडि बढ्छ,’ उनले भने।

समस्याको बेला पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए पनि सङ्गठन थप चलायमान हुने सभापति थापाको भनाइ थियो।‘पार्टीलाई एकताबद्ध, अनुशासित र नीति–सिद्धान्तमा आधारित बनाउँदै देशभर नयाँ ऊर्जा सिर्जना गरिने छ। कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ