५ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट र रसुवाको सिमाना बेत्रावतीमा श्राद्ध सम्पन्न

४ पुष २०७४, मंगलवार ०२:३१

पुस ४, त्रिशूली | (रासस) | पौषे औँशीका अवसरमा नुवाकोट र रसुवाको सिमाना बेत्रावतीमा आफ्ना दिवंगत पितृको सम्झनामा सोमबार मानिसहरुले श्राद्ध सम्पन्न गरेका छन् । 

पौषकृष्ण औँशीका दिन उत्तरगयामा आई पितृलाई पिण्डदान दिई श्राद्ध गर्नाले पितृ मोक्ष हुन्छन् भन्ने विश्वास छ । त्रिशूली र वेत्रगंगाको संगमस्थल बेत्रावतीको उत्पत्ति समुद्रमन्थनको घटनासँग जोडिएको पुराणहरुमा उल्लेख छ । 

देवता र दानवले समुद्रमन्थन गर्दा निस्किएको कालकूट विष पिउँदा डाहले छट्पटिएका शिव उत्तरापन्थ लागी सोही ठाउँमा बेतको लौरोले पहाडमा हान्दा त्यहाँबाट बगेको बेत्रगंगा र अझै माथि नीलाद्रि पर्वतमा त्रिशूलले छेड्दा निस्किएको पानीबाट बगेको त्रिशूली नदीको संगममा पौषकृष्ण औँशीका दिन सबै देवता र पितृको जमघट हुने विश्वासका साथ श्राद्ध गर्ने गरिएको हो । 

यहाँको श्राद्धको महत्व हजारौँ वर्ष पहिले ऋषि महर्षिको पालादेखि नै रहेको स्थानीय शिक्षक गणेश लामिछानेले बताउनुभयो । पौष कृष्ण औँशीका दिन बेत्रावतीमा आमाबाबु नभएकाहरुले यहाँ सके वर्षेनी र नसके जीवनमा एक पटक भए पनि श्राद्ध गर्ने चलन छ । 

श्राद्धका लागि पवित्र मानिएका हिन्दकुशक्षेत्रका चार गयामध्ये एउटा गयाका रुपमा उत्तरगयामा पिण्डदान गर्ने चलन छ । चार गयामध्ये तीन गया भारतमा र एक नेपालमा पर्छ । भारतमा रहेको चारधाम दर्शन गर्नुभन्दा पहिले यहाँको उत्तरगयामा दर्शन गरे पुण्य प्राप्त हुने हिन्दू धर्म अनुयायीको भनाइ छ । यहाँको महिमा हिमवत् खण्डमा समेत उल्लेख छ । 

काठमाडौँ, ललितपुर, धादिङ, बारा, पर्सा, चितवन, मकवानपुर, रुपन्देहीलगायत विभिन्न भागबाट श्रद्धालुको घुइँचो लागेको स्थानीय गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुरज लवटले बताउनुभयो । 

नेपाल तिब्बतबीच भएको युद्धको सन्धिस्थलसमेत यहीँ भएको थियो जहाँ हरेक वर्ष माघ १ गते गोरुजुधाइ कार्यक्रम पनि हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लोकतन्त्रप्रति भरोसा जगाउन शासन प्रणाली पारदर्शी, जवाबदेही र सुशासन अनिवार्य: राष्ट्रपति पौडेल काठमाडौं आइपुगे भारतीय सेना प्रमुख द्विवेदी इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण माइतीघरमा प्रहरी र सहकारीपीडितबीच झडप, तीनजना घाइते बीआरआईबारे कांग्रेसको अडान- अनुदान भए ठीकै छ, ऋण कुनै हालतमा स्वीकार्य हुँदैन समयमै हवाई टिकट नपाएपछि गर्भमै शिशुको मृत्यु मुकेश अम्बानीलाई एलन मस्ककाे झट्का ! दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति उपचुनाव: माओवादीले खाता खोल्यो, पुथाउत्तरगंगा-२ वडाध्यक्षमा जगत घर्ती निर्विरोध अदालत परिसरमा विषादी सेवन: रश्मिला धामी अचेत अवस्थामा, मट्टितेल पिएको अनुमान स्टार स्पोर्ट्ससँग गैरकानूनी सम्झौता गरेको भन्दै क्यानको निर्णयप्रति तीन संस्थाको आपत्ति न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने २४ वर्षीया युवती पक्राउ अदालत परिसरमा विष सेवनपछि रश्मिला धामी पक्राउ मेडिसिटी अस्पतालमा बिरामीको मिर्गौला गायब बनाएको भन्दै चर्को आन्दोलन, के भन्छ अस्पताल? मन्त्री पाण्डेमाथि लगाएको आरोपप्रति सांसद बजगाईंले मागे माफी आज बुधबार पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार? पूर्वडीआईजी जोशीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिँदै घट्न थाल्यो काठमाडौंको तापक्रम, बढ्न थाल्यो चिसो विराटनगर किंग्सको जर्सी सार्वजनिक संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दै