Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखामा ‘ब्लड बैंक’ सञ्चालन तयारी

२०७४, १७ पुष सोमबार ११:५१

पुस १७, गोरखा । रगतको अभावमा परेका बिरामीलाई सेवा दिनका लागि गोरखामा रक्तसञ्चार केन्द्र ‘ब्लड बैंक’ सञ्चालन गर्ने तयारी गरिएको छ । 

बेल्जियम रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले जिल्ला अस्पताल गोरखासँगको समन्वयमा अत्याधुनिक रक्तसञ्चार केन्द्र सञ्चालनको तयारी गरिएको हो । 

करिब रु एक करोड लगानीमा रक्तसञ्चार केन्द्रका लागि आवश्यक पर्ने मेसिन ल्याइने केन्द्रीय रक्तसञ्चार केन्द्रका लेखा अधिकृत ईश्वरी पन्तले बताउनुभयो । 

साथै बेल्जियम रेडक्रसकै सहयोगमा करिब रु एक करोड लगानीमा रक्तसञ्चार केन्द्रका लागि भवन निर्माण गर्ने तयारी गरिएको पन्तले बताउनुभयो । 

रक्तसञ्चार केन्द्र स्थापनाका लागि आफ्नै भवन निर्माण नहुञ्जेलसम्म अस्थायीरुपमा जिल्ला शिक्षा कार्यालयको पुरानो भवनको भुइँतलामा राख्ने निर्णय भएको नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाका सभापति भगवानबाबु मास्केले जानकारी दिनुभयो । 

रक्तसञ्चार केन्द्र स्थापनाका लागि आज सदरमुकाममा आयोजित छलफलमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले शिक्षा कार्यालयको खाली भवनमा रक्तसञ्चार केन्द्रका सामग्री राखेर त्यहीबाट सेवा आरम्भ गर्ने सहमति भएको जानकारी दिनुभयो । 

केही वर्षअघिदेखि गोरखा अस्पताल परिसरमा सञ्चालित रक्तसञ्चार केन्द्रमा धेरै मात्रामा रगत राख्न नसकिने हुँदा यसले उपलब्ध गराउने सेवा कमजोर छ । अस्पतालका प्रमुख श्रीराम तिवारीले अत्याधुनिक सेवासहित रक्तसञ्चार केन्द्र खोल्नुपर्ने सुझाव दिनुभयो । यस्तै अस्पतालमा दरबन्दीअनुसार डाक्टर नहुँदा बिरामीको उपचारमा समस्या आएको छ । 

यस्तै सरकारले स्थानीय तहमा २५ शय्या क्षमताका अस्पताल सञ्चालन गर्ने तयारी गरेकाले सदरमुकाममा सञ्चालन गरिने रक्तसञ्चार केन्द्रले सबै स्थानीय तहका अस्पताललाई सेवा दिने सरोकारवालाको अपेक्षा छ । 

रेडक्रसले सरकारी, गैरसरकारी कार्यालय, स्थानीय तह र उद्योग वाणिज्य संघलगायत निजी क्षेत्रका सरोकारवालासँग रक्तसञ्चार केन्द्र सञ्चालन गर्नेबारे जानकारी गराएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित