पुस २२, सुर्खेत । झुप्रा खोलाबाहेक पछिल्लो समय थप गरिएको खरी र बोरीखोला आयोजनाबाट २२ लिटर प्रतिसेकेण्ड पानी थप भएपछि पानीको चर्को समस्या केही मत्थर हुने भएको छ । 

शनिवार संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा १७ करोड लागतको सो आयोजनाबाट पूर्णरुपमा सम्पन्न हुन अवको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २२, सुर्खेत । झुप्रा खोलाबाहेक पछिल्लो समय थप गरिएको खरी र बोरीखोला आयोजनाबाट २२ लिटर प्रतिसेकेण्ड पानी थप भएपछि पानीको चर्को समस्या केही मत्थर हुने भएको छ । 

शनिवार संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा १७ करोड लागतको सो आयोजनाबाट पूर्णरुपमा सम्पन्न हुन अवको "/>

2026-10-15 08:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा खानेपानी समस्या समाधान खोजिँदै

पुस २२, सुर्खेत । झुप्रा खोलाबाहेक पछिल्लो समय थप गरिएको खरी र बोरीखोला आयोजनाबाट २२ लिटर प्रतिसेकेण्ड पानी थप भएपछि पानीको चर्को समस्या केही मत्थर हुने भएको छ । 

शनिवार संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा १७ करोड लागतको सो आयोजनाबाट पूर्णरुपमा सम्पन्न हुन अवको एक महिनामात्र लाग्ने संस्थाका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए ।

उनले सो आयोजनाबाट ३० लिटर प्रतिसेकेण्ड पानी थप हुने वताए । अहिल्यै २२ लिटर प्रतिसेकेण्ड आइसकेकोले संस्थाको आम्दानी ११ प्रतिशतले थप पनि भएको जानकारी उनले दिए । 

सो आयोजनाबाट पानी आएपछि अव पानीको लोडसेडिङ २४ घन्टाभन्दा बढी नहुने बताइन्छ । यसअघि ९६ घन्टाको पालो लगाउने गरिएको थियो । सुर्खेत उपत्यकाको खानेपानी समस्यालाई दीर्घकालीन समाधान गर्न भेरी नदीको पानी ल्याउन लागिएको छ । 

भेरी पम्पिङ आयोजना नाम दिइ अहिले विस्तृत सर्वेको काम भइरहेको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार अवको तीन बर्षभित्र सुर्खेत उपत्यकाबासीले भेरी नदीको पानी खान पाउनेछन् ।

उक्त आयोजनाका लागि परामर्शदाता सिएमएस÷जेकन÷जीकन जेपी रहेको छभने क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय र सुर्खेत उपत्यका खानेपानी संस्थाले समन्वय गरिरहेका छन् । 

भेरी नदी र झुप्रा खोलाको दोभानस्थललाई स्रोतको रुपमा प्रयोग गरेर इन्फिल्टूेशन ग्यालरी, पम्पिङ स्टेशन र ओभरहेड ट्यांकीहरुलगायत आवश्यक संरचनाहरु सोही क्षेत्रमा निर्माण गर्न उपयुक्त हुने जनाइएको छ । 

विद्युत र सडकको सहज पहुँच, मर्मत सम्भार गर्न सहज हुने, पम्पिङ पश्चात ग्राभिटी फ्लोबाट पानी ल्याउन सहज हुने र पम्पिङको लागि भर्टिकल डिस्टेन्स कम पर्ने सुझाव संस्थाले दिएको छ ।

सो आयोजनाका लागि एक अर्ब बढी रकम लाग्ने जनाएको छ । संस्थाका अध्यक्ष कूलमणि देवकोटाले बढ्दै गएको खानेपानी समस्यालाई दीर्घकालीन समाधान गर्न भेरीको पानी ल्याउने तयारी भइरहेको जानकारी दिए । 

उनले ९० प्रतिशत सरकारको अनुदान र १० प्रतिशत उपभोक्ताको लागतमा सो आयोजना बनाउने मोडल तयार पारिएको उल्लेख गरे । त्यति धेरै रकम जुटाउन चुनौती भएपनि दीर्घकालीन समस्या समाधानका लागि यसको विकल्पपनि नभएको अध्यक्ष देवकोटाले बताए ।

सुर्खेत उपत्यकाको एक सय बर्ष पछिसम्मको खानेपानीको माग पूरा हुनेगरी सर्वे गर्ने काम भइरहेको छ । भेरीबाट करिव ५०० देखि ७०० लिटर प्रतिसेकेण्ड पानी ल्याइने बताइन्छ । 

परामर्शदाताले पम्पिङ स्टेशन र इन्टेक बनाउनका लागि विस्तृत सर्वे गरिसकेको छ भने वीरेन्द्रनगर ११ को अमृतडाँडामा ट्रिटमेन्ट प्लान्ट निर्माणको पनि सर्वे गरिसकेको छ । 

साथै सुर्खेत उपत्यकाको धुरीधुरी सर्वेक्षणका लागि ५ जनाको टोली बनाएर विभिन्न स्थानका ८०० घरधुरीको तथ्याङ्क संकलन भइरहेको संस्थाका अध्यक्ष देवकोटाले जनाए ।

भेरी नदीको पानी नै सुर्खेत उपत्यकाबासीको दीर्घकालीन खानेपानी समस्या समाधानको एउटामात्रै उपाय रहेको उनले बताए । सुर्खेत उपत्यकामा अहिले डेढ लाख जनसंख्या छ । 

उक्त जनसंख्यालाई दैनिक एक करोड ५० लाख लिटर खानेपानीको आवश्यकता छ तर आपूर्ति भने १४१ लिटर प्रतिसेकेण्ड मात्रै भइरहेको छ । अझै दैनिक २८ लाख लिटर पानी अपुग छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने