२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा अहिले सम्मकै धेरै इन्धन भित्रियो

१४ कार्तिक २०७२, शनिबार १८:१७

dang

सन्तोषकुमार गुप्ता । कात्तिक १५, देउखुरी । भारतको अघोषित नाकाबन्दीपछि दाङमा अहिलेसम्मकै ठूलो परिमाणमा इन्धन भित्रिएको छ । दाङकालागि शनिबार मात्रै एकै पटक ८० हजार लिटर इन्धन भित्रिएको हो ।

भारतले गरेको अघोषित नाकाबन्दीपछि जिल्लामा यति ठूलो परिमाणमा इन्धन भित्रिएको पहिलो पटक भएको नेपाल आयल निगमको राप्ती अंचल कार्यालय तुलसीपुरका प्रमुख विपिन श्रेष्ठले बताए । जिल्लामा भित्रिएको इन्धनमध्ये २० हजार लिटर पेट्रोल र ६० हजार लिटर डिजेल रहेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । जिल्ला भित्रिएको इन्धनमध्ये ३० हजार लिटर डिजेल र १२ हजार लिटर पेट्रोल घोराहीबाट वितरण गरिने र ३० हजार लिटर डिजेल र ८ हजार लिटर पेट्रोल तुलसीपुरमा वितरण गरिने आयल निगमको अंचल कार्यालय तुलसीपुरले जनाएको छ । डिजेल जिल्लाका प्रायः सबै पम्पहरुमा उपलब्ध गराइने छ भने पेट्रोल आलो–पालो प्रणालीअनुसार वितरण गरिने प्रमुख श्रेष्ठले बताए ।

तर यता तुलसीपुर उद्योग वाणिज्य संघल भने जिल्लामा पेट्रोलियम पदार्थको कोटा कटौति गरिएको भन्दै त्यसको विरोध गरेको छ। शनिवार बसेको तुलसीपुर उद्योग वाणिज्य संघको बैठकले सरकारले दाङको इन्धनको कोटामध्ये ७५ प्रतिशत केन्द्रमा पठाउन थालेको भन्दै त्यसको विरोध गरेको हो ।

संघले तत्काल डिजल, पेट्रोल र ग्यासको कोटा अनुसार इन्धन उपलब्ध गराउन माग गरेको हो। पहिलेको कोटामा कुनै पनि कटौती नगरी जिल्लामा पुरानै निर्णय अनुसार पेट्रोलियम पदार्थ आपूर्तिको व्यवस्था मिलाउन शनिबारको बैठकले माग गरेको संघका अध्यक्ष विमल रिजालले बताए। वाणिज्य संघका अध्यक्ष रिजालले भने ‘भारतीय नाकाबन्दीका कारण जिल्लावासीको दैनिकी निकै कष्टकर बनेको छ। इन्धनको चरम अभाव सृजना भएको छ। यस्तो अवस्थामा केन्द्रले दाङको कोटामध्येको ७५ प्रतिशत इन्धन काठमाडौं लैजानु स्वीकार्य छैन ।’

गृहमन्त्रालयले स्थानीय प्रशासनलाई पत्रचार गरी दाङ जिल्लाको कोटाबाट ७५ प्रतिशत इन्धन काठमाडौं पठाउँदै आएकोमा वाणिज्यसंघले त्यसको विरोध गरेको हो। संघका अध्यक्ष रिजालले भने ‘जिल्लाको कोटामध्ये २५ प्रतिशत पेट्रोलियम पदार्थ मात्रै जिल्लामा राख्नु भन्ने सरकारी निर्णय व्यवहारीक भएन। यो तत्काल सच्चाउन जरुरी छ ।’ राज्यले काठमाडौंमा बासीलाई मात्रै आफ्नो नागरिक ठान्ने तर बाहिरी जिल्लामा जे सुकै होस् भन्ने किसिमको व्यवहार प्रदर्शन गरेको अध्यक्ष रिजालको भनाई छ । जिल्लाको इन्धन कटौति गर्ने सरकारी निर्णयले जिल्लावासीहरुलाई थप संकटमा पारेकोले तत्काल स्थानीय प्रशासनले यसको व्यवस्थापन गर्नुपर्ने उनको माग छ। संघको बैठकले सहज आपूर्तिको व्यवस्था मिलाउन स्थानीय प्रशासनसंग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य