२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

म्याग्दीका किसान प्रविधिमैत्री बन्दै

२०७४, ४ माघ बिहीबार ११:०८

माघ ४, म्याग्दी | सीमित जनशक्ति र समयको बचत हुने भएपछि म्याग्दीका किसान खेत जोत्न ट्र्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । 

युवा जनशक्ति विदेश पलायन भइरहेका बेला यस्ता प्रविधि किसानका लागि बरदान सावित भएको छ । युवा विदेशिएको अवस्थामा हलगोरुले खेत जोत्ने परम्परा अचेल विस्तारै कम हँुदै गएको छ । यसको मुख्य कारण वैदेशिक रोजगारले युवा जनशक्तिको अभाव हुनु नै हो । यसको सट्टा समय र श्रमको बचत हुने भएकाले ट्र्याक्टरको प्रयोगतर्फ किसानको आकर्षण बढ्दो छ । हाते ट्र्याक्टर होस् या चार पाङ्ग्रे ठूलो ट्र्याक्टर अधिकांश किसानको खेतबारीमा गुड्न थालेका छन् । 

हलगोरुले भन्दा सयौँ गुणा छिटो खेत जोत्न सकिने र लगानी पनि समान हुने भएकाले ट्रयाक्टरको प्रयोग गर्न थालिएको बाबियाचौरका अगुवा किसान हरिमाया किसानले बताउनुभयो । 

हाते ट्र्याक्टरका लागि सामान्य र चार पाङ्ग्रो ट्र्याक्टर सञ्चालनका लागि केही महिना सीप सिकेर किसानले यसको प्रयोग गरिरहेका छन् । ट्र्याक्टर खेत जोत्दा सहज हुनाका साथै राम्रो पनि हुने ट्र्याक्टर चालक एवं अर्मनका किसान यामबहादुर विक जानकारी दिनुभयो । 

जिल्ला कृषि विकास कार्यालयका अनुसार, जिल्लाको ताकम, दरबाङ, बाबियाचौर, अर्मन, कुहु, पात्लेखेत, विम, निस्कोट, देवीस्थान, बेनी नगरपालिकाको घतान, रत्नेचौर, घतान, पुलाचौर, सिंगालगायतका क्षेत्रमा यसको प्रयोग बढी छ । 

कार्यालयले चार वर्षदेखि कृषि इञ्जिनियरिङ निर्देशनालयसँग सहकार्य गरेर ३० प्रतिशत अनुदान सहयोगमा ट्र्याक्टर वितरण गर्दै आएको छ । गत आवमा हाते र चारपाङ्ग्रे गरी १५० वटा ट्र्याक्टर वितरण गरिएको कृषि विकास कार्यालयले जनाएको छ । 

कार्यालयका बागवानी विकास अधिकृत भोजबहादुर थापाले ठूला फाँटमा चार पाङ्ग्रे र साना गरामा हाते ट्र्याक्टरको प्रयोग हुने गरेको बताउनुभयो । उहाँका अनुसार वर्षेनी यस्ता ट्र्याक्टरको माग उच्च हुने गरेको छ । 

अनुदानमा खरिद गर्दा किसानले हाते ट्र्याक्टरलाई रु ३५ हजारसम्म तिर्नुपर्ने हुन्छ । किसान प्रविधितर्फ आकर्षित हँुदै जाँदा उत्पादनसमेत बढ्दै गएको छ ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ