२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

प्रचारप्रसार अभावमा पर्यटकीयस्थल ‘मिक्लाजुङ’ ओझेलमा

२३ माघ २०७४, मंगलवार ०६:२६

इलाम, २३ माघ | पर्यटकीय सम्भावना बोकेर पनि उचित प्रचारप्रसारको अभावमा इलाम, पाँचथर, धनकुटा र मोरङ जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने महत्वपूर्ण पर्यटकीयस्थल ‘मिक्लाजुङ’ ओझेलमा परेको छ । 

पर्यटकीय सम्पदा भएपनि आन्तरिक व्यवस्थापनको अभाव, व्यवस्थित पदमार्ग नहुनु, नियमित होमस्टे सञ्चालनमा नआउनु, प्रचारप्रसारको कमी तथा पर्यटन सूचना केन्द्रको अभाव, सुरक्षा चुनौतीलगायतका कारण सो पर्यटकीयस्थल ओझेलमा परेको हो । 

रमणीयस्थल मिक्लाजुङमा पर्यटन विकासका पूर्वाधार तयार नहुँदा पर्यटन प्रवद्र्धन हुन सकेको छैन । समुद्री सतहदेखि दुई हजार ४०० मिटर उचाइमा अवस्थित मिक्लाजुङ प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक प्रमुख गन्तव्य हो । 

सगरमाथा, कञ्चनजंघालगायतका हिमशृंखला तथा पूर्वका १४ वटा जिल्ला एकसाथ देख्न सकिने यो क्षेत्र पहाडी भू–भागमा रहेका कारण सूर्योदय अवलोकनका लागि पनि उत्तिकै महत्वपूर्ण छ । 

विगतका वर्षमा यातायातको असुविधाका कारण यहाँ पुग्न निकै कठिनाइ हुने गरेको भएपनि फिदिमबाट राँके–रवि सडक हुँदै करिब छ घण्टाको सवारी यात्रापछि लिम्बाको लेकगाउँ पुगिन्छ । करिब तीन घण्टाको पैदल यात्रापछि मिक्लाजुङ डाँडा पुगिन्छ । यहाँबाट सूर्योदय र सूर्यास्तको दृष्यावलोकन गर्न सकिने भएकाले यहाँ पाँचथर, इलाम, मोरङ, झापा, भारतको सिक्किम, सिलिगुढीलगायतका स्थानबाट समेत घुम्न पर्यटक आउने गरेका छन् । 

चौबीसै घण्टा शीतल हावा बहिरहने मिक्लाजुङ पुगेपछि जोकोही त्यहाँको भौगोलिक अवस्था एवं दृष्यावलोकनबाट लोभिन्छन् । स्थानीयवासी बेविन्द्र माखिमका अनुसार वर्षात्को समय होस् वा हिउँद्मा, वरिपरिका क्षेत्रमा हुस्सु, कुहिरो लाग्दा समेत केही प्रभाव पर्दैन । यहाँ सूर्याेदय अवलोकन गर्न चाहनेका लागि उत्तिकै महत्वपूर्ण छ । “यो पदयात्राका लागिसमेत महत्वपूर्ण पर्यटकीय गन्तव्य हो” माखिमले भन्नुभयो । 

मिक्लाजुङ पुगेसँगै त्यहाँ नजिकै अवस्थित प्राचीन एवं ऐतिहासिक धार्मिकस्थल ‘चमेरे ओढार’ पुग्न सकिन्छ । धार्मिक किम्बदन्तीअनुसार पाण्डव गुप्तवास जाँदा आफ्ना हतियार महादेवलाई पुकार्दा उहाँकै आज्ञाले एउटा ठूलो ढुंगा शक्तिबाट चारकोठा भई भित्रभित्रै भर्योङसमेत बन्न गई त्यही ढुंगाको ओढारमा आफ्नो हातहतियार राखेका थिए । 

हातहतियार राखेर बाहिरपट्टि एउटा मुर्दा झुण्डयाई महादेवलाई संरक्षणमा राखी विराट राजाकहाँ गुप्तवास बस्न गएको भन्ने जनविश्वास रहिआएको छ । उक्त ठाउँ अहिले चमेरे ओढारका नामले परिचित छ । भू–धरातलको विकटता र मौसम प्रतिकूलताका कारणले पर्यटकीयस्थल र देवस्थलको दृष्टिकोणले स्थानीय बासिन्दा र छिमेकी जिल्लाका बासिन्दाका लागि परिचित हुँदाहुँदै पनि सो स्थल ओझेलमा रहेको छ । 

यहाँ रहेका देवस्थल, गुम्बा, चराचुरुंगीको बासस्थान, लालीगुराँस, निगालो पाइने तथा मिक्लाजुङ भगवतीको दर्शन गर्नाले चिताएको पुग्ने, रोग नाश हुने, आयस्रोत बढ्ने, निःसन्तानलाई सन्तान प्राप्त हुने जनविश्वास रहिआएको छ । 

पर्यटन विकासका लागि गुरुयोजना बनाएर प्रचारप्रसार, पदमार्ग निर्माण, सूचना केन्द्र स्थापनालगायतका कार्यक्रम अगाडि बढाउन आवश्यक छ । यहाँको पर्यटन विकासका लागि राज्यले लगानी गर्नुपर्नेमा जोड दिनुहुन्छ मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौराली । 

“पर्यटकीय सम्भावना छ, तर राज्यको लगानी खासै नहुँदा अझै पनि फस्टाउन सकेको छैन” उहाँले भन्नुभयो, “यसका लागि स्थानीय सरकारको लगानी जरुरी छ ।” रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य