Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

डोल्पामा सांकेतिक सरसफाई अभियान थालीयो

By kit 10 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

टेकबहादुर शाही/माघ २६, डोल्पा । स्थानीय वासीलाइ जागरुक गराउन दुनैमा सांकेतिक सरसफाइ अभियान सूरुवात गरिएको छ ।

डोल्पाको सदरमुकाम दुनै बजारमा सरसफाइ राखी स्थानीय वासिलाइ जागरुक गराउन साँकेतिक र प्रतिकात्मक सरसफाइ अभियानको सूरुवात गरिएको प्रमूख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारि गराउनु भयो ।

दुनै बजारका होटेल,पसल तथा निजी आवासबाट निष्कने फोहोरले बजार क्षेत्र दर्गन्धीत बन्दै गएको छ ।

यस्तो अबस्थामा निजामती कर्मचारी तथा सामाजिक अभियान्ताहरुले आफ्नै हितका लागि गरेका हुन भन्ने महसुस गराउने उदेश्यले सांकेतिक सरसफाइ अभियान चलाएको प्रमुख जिल्ला अधिकारीले बताए । उनले भने स्थानीयहरुका लागि प्रतिकात्मक पनि हो किनकी सरसफाइ कर्मचारी र सामाजिक अभियान्ताको मात्र नभएर सबै मानिसका लागि हो ।

हरेक निकायबाट नागरिकको जनचेतना अभिबृद्धि गर्न सबैले भुमिका खेल्नु पर्ने प्रजिअ थापाको भनाइ रहेको छ ।

उनी भन्छन हामीले आफुसंग भएको ज्ञान र सिप अरुलाइ नदिए कहिले चेतनाको बिकास हुदैन र हामी मानव भएर बाच्नुको कुनै औचत्य पनि रहदैन । हरेक ब्यक्तिले सकारात्मक सोचौ सबै कुरा सम्भब छ ।

करिव २ सय भन्दा धेरै ब्यक्तिहरुको उपस्थितिमा दुनैको कालिका मन्दीर देखि तिप्ला पानि सम्मको बजार क्षेत्र २ समुहमा सरसफाइ गरिएको छ । यस पटक निजामति कर्मचारी, सेना, प्रहरी र सामाजिक अभियान्ताहरुको सक्रियातमा गरिए पनि अव तत्काल टोल सुधार समिति गठन गरि दैनिक सरसफाइ गर्नु पर्ने नेपाल पत्रकार महासंघ डोल्पाका शाखाका अध्यक्ष बबिकिशोर गूरुङले सुझाव दिएका छन ।

अका दिनमा हरेक घरले आफनो आगनको फोहोर आफै ब्यवस्थापन गर्नु पर्ने मिसन नेपाल डोल्पाका अध्यक्ष ओमेन्द्र केसिले बताए । उनका अनुसार अरुले गरिदिन्छन भन्ने भन्दा पनि हामीले गर्नु पर्छ भन्ने मानसिक्तको अभिबृद्धि गराउन जरुरी रहेको बताए ।

सरसफाइमा स्थानीयको सहभागिता बढ्यो

करिव एक बर्ष पछि गरिएको दुनै बजार सरसफाइ अभियानामा दुनै वासि स्थानीयहरुको सहभागित बढ्ेको छ । घरका झयाल,दलिन,कौशि,छानाबाट टुलुटुलु हेरेर बस्ने र उल्टै सरसफाइमा आएका ब्यक्तिहरुलाइ गिज्याउदै बस्ने स्थानीयहरु यस पटिक भने निकै धेरैको सहभागिता रहेको थियो ।

हरेक पटक सरसफाइमा स्थानीयहरुको सहभागित बढ्नुले नागरिकको जनचेतना अभिबृद्धि हुदै गएको मानिने नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा डोल्पा सँयोजक टेकम ओलिले बताए ।

सरसफाइ हाम्रै लागि हो भन्ने महसुस जब सम्म जनताले गर्दैन तब सम्म सरोकारवाला निकायले बिभिन्न खाले आभियानहरु गरि रहनु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर केसिले बताए ।

उनका अनुसार सरसफाइमा नेपाल सरकारका कर्मचारिहरु निष्कनु आश्र्चाय नभइ जनचेतनामुलक सन्देश भएको बताए । उनले भने यसमा स्थानीयको सहभागिताले अझै सहज ल्याएको दावी गरे ।

हरेक दिन घरबाट निष्कने फोहोर ब्यवस्थापन गर्न कठिन नहुने तर फोहोर ब्वस्थापनको लागि स्थायी ब्वयस्था नहुदा बजारमा फोहोर बढ्ने गरेको स्थानीयहरु बताउछन । पसलहरुमा दैनिक सयौले सूर्ति जन्य पर्दाथहरु खाएर खोष्टाहरु फाल्ने गर्नाले बजार फोहोर देखिने स्थानीयहरुको दावी छ ।

बजार चिटिक्क भेरिमा फोहोरका चाङ

ढिलै भए पनि नेपाल सरकारका कर्मचारीहरु र उद्योगबाणिज्य संघका साथै नागरिक अभियान्ताहरुले दुनै बजार चिटिक्क पारेका छन । तर बजारकै छेउमा शालिन भएर बग्ने भेरि नदिका किनारा भरि फोहोरका चाङ लागेका छन । होटेल,पसल,घरबाट निस्कने फोहोर भेरिमा थुपार्ने गरे पछि नदिका किनारामा फोहोरका चाङ लागेका हुन ।

भेरिको पानि सानो भएकोले बगाएर नलैजाने र घरको फोहोर कसैले नदेख्ने गरि फालिदिने गर्नाले दैनिक भेरिमा फोहोरको थुप्रो लाग्ने गरेको नागरिक समाज डोल्पाको दावी रहेको छ । जल्ने खाले फोहोरहरु जलाए पनि अन्य फोहोरहरु व्यव्स्थापन गर्ने ठाउ नभए पछि स्थानीयको बाध्यता रहेको नागरिक समाजको डम्मयाइ छ ।

स्थानीय सरकार गठन भए लगत्तै ठुलीभेरि नगरपालिकाका उपप्रमसख योगेन्द्र बहादुर शाहीले एक बर्षमा भेरिको पनि अञ्जुली भरेर खाने बनाउने प्रतिबद्धता गरेका थिए ।

तर ति प्रतिबद्धता ९ महिना बित्न लाग्दा समेत ब्यवाहारमा लागु भएको स्थानीयहरु बताउछन । सुन्दर र सफा दुनै बजार अनि अञ्जुली भेरेर भेरिको पानि पिउने सपनाको कुरा भएको स्थानीयहरु भनाइ रहेको छ ।

घरका ढल र सौचालयका ढल भेरिमा मिसाए पछि भेरि नदि दुर्गन्धीत भएको नागरिकहरु बताउछन । ढल नियन्त्रणको लागि बिभिन्न खाले पहल भएका भए पनि ठुलाबडाकै ढल र सौचालयका पाइप भेरिमा रहेकोले स्थानीय सरकारले जिल्ला प्रशासन मौन रहेको छ ।

नागरिकहरु गनोसो गर्छन कानुन निमुखाका लागि मात्र बनेको हो धनि र ठुलाबडाका लागि होइन । कर्मचारिले मात्र नभइ अब स्थानीयले पनि सरसफाइमा ध्यान दिनु पर्ने अभियानमा सहभागि स्थानीयहरुले बताए ।