2026-09-08 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जो कोरियन भएर पनि कोरियामा यसरी नेपाल चिनाईरहेका छन्…

अर्जुन बराल | जनवरी २० तारिख बिहान ७ बजे दक्षिण कोरियाको राजधानी सौलको मार्ईनस १७ डिग्री माथिको तापक्रम, चिसोको कुनै प्रबाह नगरी सहयात्री मित्र संजयलाई अनुरोध गरी उनलाई मनाउँदै भने हामी कार्यरत स्थानदेखि ४५० किमी यात्रा गरेर यहाँ आर्ईपुगीयो । अझै नब्बे किमी अगाडी देजङ्ग स्टेशनमा गएर नेपाल र नेपालीलार्ई माया गर्ने चिरपरिचित कोरियन कबि किम ह्याङ्ग ह्योको सगरमाथा रेष्टुरेन्टमा बिहानको खानासँगै उहाँसँग भलाकुसारी गर्यौं ।

आहा, रेष्टुरेन्ट प्रबेश गर्ने बित्तिकै मित्र संजय हिमाली तथा पहाडी जनजीबन सँगै नेपाली धर्मसंस्कृतिलाई भित्तामा चित्रकलाको माध्यमबाट झुण्डाएको त्यो अदभुतकलालाई चुम्न पुगीहाले । रोजगार प्रक्रिया प्रणालीको माध्यमबाट कोरियामा थ्रि “डि” काम गर्न आएको म एक साधारण नेपाली बास्तबमा त्यहाँ पुगेपछि अचम्ममा परे । गएको बर्षातमा तराईको बाढीबाट पिडीत बनी पानीमा बगाएर अन्त्येष्टी गरिएका मुसहर बालकको सम्झनामा कबिता मार्फत केही आर्थिक संकलन गरी सहयोग गरेका उनै ५१ बर्षीय कोरियन कबि किम ह्यङ्ग ह्यो नेपाली म्युजीकल र्ईन्स्टुमेन्ट मादल, सारङ्गी, बाँसुरी, तबेलाको साथमा रेष्टुरेन्टमा आएका कोरियनलार्ई परिभाषीत गराउँदै थिए । 

माथिको तश्विरमा: कोरियन कबि किम ह्यङ्ग ह्यो

नजिकै गएर कोरियन भाषामा कबि ह्यङ्गलार्ई अभिबादन गरें तर जवाफमा दुई हात जोडेर उनले नमस्कार फर्काए । मनले मानेन सोधीहालें ‘आखीर प्रेरणा मिल्यो कसरी यो सब गर्न ?’ मन्द मुस्कान मिजासीलो बोली झर्को नमान्ने उनको बिशेषता सँगै आजभन्दा चार दशक अगाडी ओेखलढुङ्गाको रुम्जाटारमा एक सामान्य परिवारमा जेठो सन्तानको रुपमा जन्मिएकी मञ्जु गुरुङ्ग, जो नेपाल समाचार पत्रमा आधादशक भन्दा बढी र सगरमाथा टेलीभिजनमा दुई बर्ष पत्रकारिता गरिन् उनैलार्ई देखाउँदै उनले भने ‘मेरो साहित्यप्रतिको अती नै लगाब अनी सन् २००४ को पहिलो नेपालयात्रा सँगसँगै उनको सहयोग । नेपालका एघार बरिष्ठ चित्रकारका चित्रकला कोरियामा प्रर्दशन गराउँने बिषयमा गरिएको पत्रकार सम्मेलनका क्रममा उनी सँग परिचयसँगै छ बर्षसम्म हामीबिच प्रेम चल्यो र सन् २०११ डिसेम्बरमा जिबनसंगीनि बनाउँने शौभाग्य मिल्यो । सगरमाथाको देशसँगै नाता जोडे । आहा म कति भाग्यमानी ?’ हाँस्दै जवाफ फर्काएर बाँकी जिबनको जिगज्याग यात्रा मञ्जुसँग बुझन उनले अनुमति दिए ।

माथिको तश्विरमा: श्रीमानको साथमा मंञ्जु गुरुङ्ग

बिहानको एघार बजिसकेको थियो रेष्टुरेन्टमा नेपाली लगाएत कोरियन पाहुनाले ठाँउ लगभग भरिभराउँ नै थियो । पाहुना चाँहे जो सुकै किन नहुन् उनीहरुलाई टिपिकल नेपाली खानाको स्वाद चखाउँनै ब्यस्त मञ्जुको “कर्मघरमा एक चक्कर” नामक यात्रा संस्मरण पुस्तक प्रकाशनमा आएको छ । सन् २०१२ मा पहिलो चोटी कोरिया छिर्दा आफुले आफैलाई प्रण गरेर शपथ खादै भने हातमा नेपाली खानाको थाली आफना पाहुना तर्र्फ बढाउँदै उनी भन्छीन “कोरियन बुहारी भएपनि मेरो जननी जन्मभुमिश्च्व परिबर्र्तन भएको छैन मैले जिम्मेबारबढाएँ ।”

साहित्यले देशपनि चिनाउँदो रहेछ नेपाल र दक्षिण कोरियाको कुटनीतिक सम्बन्ध स्थापनाको बयालीस बर्षमा प्रत्येक बर्ष बिबिध कार्यक्रम भए त्यसले प्रत्यक्ष सतहीमा केहि नदेखिएतापनि मंञ्जु कोरियामा नेपाल चिनाउन लागेकी छिन् । आदीकबि भानुभक्तको जन्मजयन्ती होस् या राष्ट्रकबि माधबप्रसाद घिमिरेको जन्मदिन यिनीहरुको सम्झनामा कार्यक्रम गरिहाल्न यो जोडी पछि पर्दैन । मुनामदनको आकाश नामक बालकथा, खुशी नामक बालउपन्यास लाई कोरियन भाषामा कबि ह्यङ्गले प्रकाशनमा ल्याएका छन् भने माधब घिमिरेको लोकप्रिय पुस्तक गौरीलाई कोरियन भाषामा अनुबाद गरि प्रकाशनमा ल्याउँन मंञ्जु श्रीमानलाई प्रेरित गरिरहेकी छिन् ।  


माथिको तश्विरमा: मंञ्जु र कबि ह्यङ्गको जोडी काम गर्दै

भुकम्प ताका कोरियाको ब्यस्त जिबनीलाई चटक्कै लात मारेर देश रोएको छ म कसरी हाँसु भन्दै नेपालमा गएर भुकम्पपिडित क्षेत्रका शिबिरमा आफै निशुल्क रुपमा पाउरोटी बनाउँदै बाँडेर एक बर्ष बिताएकी मञ्जुले दाताहरुको आग्रहमा एक प्राथमिक बिद्यालय निर्माण र बिभिन्न बिद्यालयको भ्रमणसँगै गरिब तथा पिछडीएका बर्गलार्ई किताब कापी निशुल्क बितरण गरिसकेकी छिन् भने बिशेष गरेर कोरियामा आपतबिपतमा परेका महिलाका निम्ति सुवन शहरमा बिगत तीन बर्षदेखि महिला सेल्टर संचालनमा ल्याएकी छिन् ।

सुन्दा अचम्म लाग्ने यो जोडीको कथा अनी नेपालसँग जोडीएको कोरियन कबि ह्यङ्गको त्यो ह्रृदय सायद नेपालप्रती फराकिलो भएर नै हो कि केहि दिन अगाडी नेपाल सरकारले नेपाली सेनाको मानार्थ सहायक रथीको पदबाट सम्मानीत राष्ट्रकबि माधबप्रसाद घिमिरेको एकसय जन्मदिन पुगेको अवसरमा यहि सेप्टेम्बरमा कोरियाबाट केहि प्रख्यात कोरियन कबिलाई नेपाल झिकाई दुबै देशका कबिको साहित्यीक जमघट गराउँने योजनाका साथ अघी बढेका छन् । एकपटक सम्पूर्ण हामी नेपालीको तर्फदेखि यो जोडी सलाम ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ