२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालीको खानामा प्रोटिनको अभाव

२०७४, १ फाल्गुन मंगलवार ०८:२६

फागुन १, चितवन | नेपालीहरुले खाने खानामा प्रोटिनको अभाव रहेको यहाँ आयोजित एक कार्यशालाका वक्ताले बताएका छन् । 

नेपाल पोल्ट्री महासंघ, कृषि तथा वनविज्ञान विश्वविद्यालय, नेपाल भेटेरिनरी एशोसिएसन तथा अमेरिकी सोयाबिन एक्सपोर्ट काउन्सिलले संयुक्तरूपमा आयोजना गरेको ‘सबैका लागि प्रोटिन’ विषयक कार्यशाला गोष्ठीमा सहभागी विज्ञले नेपाली खानामा प्रोटिनको कमी हुँदै आएको जनाएका हुन् । 

जनचेतनाको कमीका कारण दैनिक खाने खानामा प्रोटिनको मात्रा मापन गर्न नसकेको उनीहरूले बताएका थिए । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्रध्यापक डा सुवीर सिंहले अनुसन्धानको तथ्याङ्कअनुसार नेपालमा कूल ६दशमलव ४ लाख मेट्रिक टन प्रोटिनको आवश्यकता भए पनि उत्पादन जम्मा ४ दशमलव ९ लाख मेट्रिक टन रहेकाले ७०–८० प्रतिशत नेपाली प्रोटिनयुक्त खानाबाट वञ्चित हुँदै आएको बताउनुभयो । 

कार्यशालामा नेपाल चिकित्सक संघका जिल्ला सचिव एवं वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी र प्रमुख बालरोग विशेषज्ञ डा रविन बानियाँले बच्चा, युवा र वृद्धावस्थामा शरीरलाई चाहिने प्रोटिनको मात्रा तथा त्यसको कमीले लाग्ने रोगबारे चर्चा गर्र्नुभएको थियो । उहाँहरुले मानव शरीरका लागि अत्यावश्यक पाँच पौष्टिक तत्वमध्ये प्रोटिन एउटा महत्वपूर्ण तत्व भएको र यसबाट शरीरको जैविक विकासमा मात्र नभई मानसिक विकासका लागि समेत यो जरुरी छ भन्नुभयो । 

दैनिक खानपानबाटै पौष्टिकतत्वले शरीरलाई पोस्ने र यसबाट शरीरका कोष, मासु, हाड, नसा, आदिको निर्माणमा खर्चिने हुन्छ । बढी खाना खाँदा यसको सञ्चय गर्न नसकिने भएकाले दैनिक शरीरलाई आवश्यक पर्ने मात्रा मात्र उपभोग गर्नुपर्ने उहाँहरुको भनाइ थियो । 

प्रोटिन प्राप्त गर्न पशु र अन्नबालीलाई प्रमुख आहारका रुपमा लिइन्छ । शरीरलाई चाहिने अमाइनो एसिडको प्रमुख स्रोत पशुबाट पाइने खाद्यजन्य पदार्थ जस्तैः दूध, अण्डा, मासु हो । 

अमेरिकी सोया एक्सपर्ट काउन्सिलका विशेषज्ञ डा पवन कुमारले नेपालमा ‘डाइजेस्टिबल प्रोटिन’ को माग र पूर्ति, प्रोटिनसँग सम्बन्धित तथ्य प्रस्तुत गर्दै दैनिक खाने खानामा प्रोटिनको मात्रा मापन मानिसको औसत आयु, उचाइ तथा स्वस्थ्य रहनसमेत प्रोटिनको विशेष भूमिका रहने जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने