2026-10-19 05:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौँ | शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १३.४६ अंकले घटेर २८३७.७७ विन्दुमा बन्द भएको छ। नेप्से घटे पनि यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार पाँच अर्ब पाँच करोड रूपैयाँको कारोबार भएकोमा यसदिन आठ अर्ब ९९ करोड रूपैयाँको कारोबार भएको छ। यसदिन ३३५ वटा धितोपत्रको दुई करोड १० लाख ८७ हजार ६२८ कित्ता सेयर किनबेच भएको हो। शुक्रबार ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने २०९ वटाको घटेको छ। यस्तै, तीन कम्पनी स्थिर छन्।

यसदिन सात कम्पनीमा सकारात्मक सर्किट लागेको छ। भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, होटल फरेस्ट इन र पाल्पा सिमेन्टको मूल्य १० प्रतिशत, रिज लाइफ इनर्जी, सूर्यकुन्ड हाइड्रो र शिखर पावरको सेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ। सर्वाधिक मूल्य घट्नेमा एनआइसी एसिया ब्यालेन्सड् फण्ड रहेको छ। उक्त योजनाको मूल्य ४.१७ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ४२ पैसामा झरेको छ।

यसैगरी, एनआइबिएल ग्रोथ फण्डको मूल्य ४.०६ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ६ पैसामा सीमित भएको छ। शुक्रबार नेसनल हाइड्रोपावको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३१० रूपैयाँ ५० पैसामा ५१ करोड ३२ लाख रूपैयाँको कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १.१४ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ। उक्त कम्पनीको चार हजार सात सय रूपैयाँमा ४३ करोड ५९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ