2026-09-30 08:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’

काठमाडौँ | साउदी अरेबिया सरकारले त्यहाँ अवैध रूपमा बसेका ६२ जना नेपालीलाई स्वदेश फर्कन ‘एक्जिट भिसा’ दिएको छ । वर्किङ भिसाको अवधि सकिएपछि पनि अवैध रूपमा रहेका उनीहरूलाई रियादस्थित नेपाली दूतावासको पहलमा साउदी सरकारले एक्जिट भिसा प्रदान गरेको हो ।

रियादस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै एक्जिट भिसा आएका नेपालीलाई यथाशीघ्र नेपाल फर्कन अनुरोध गरेको छ । “यदि मोबाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने राजदूतावासमा सम्पर्क गरेर आफ्नो एक्जिट भिसाको पेपर लिएर जानुहुन अनुरोध गरिन्छ,” नेपाली दूतावासले भनेको छ ।

एक्जिट भिसा लागेको म्यासेज मोबाइलमा आइसकेको बताइएको छ । विमानस्थमा त्यही म्यासेज देखाउँदा हुने र एक्जिट पेपर लिन दूतावास आइरहनुनपर्ने पनि विज्ञप्तिमा उल्लेख छ । “एक्जिट भिसा प्रक्रिया निःशुल्क हुनेछ । एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाइ टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेछ,” दूतावासले भनेको छ ।

एक्जिट भिसामा भएको रहदानी वा ट्राभल डकुमेन्ट नम्बर र आफूसँग भएको रहदानी वा ट्राभल डकुमेन्ट नम्बर एउटै छ/छैन हेरी यकिन गरेर मात्र हवाई टिकट खरिद गर्न दूतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनतालाई ग्यास दिन र महँगी नियन्त्रण गर्न पनि सरकार असफल : पद्मा अर्याल युवालाई विदेश पठाएर र बाह्य स्रोतको भर परेर देश बन्दैन : महामन्त्री पौडेल हरेक युवालाई सिक्ने, अघि बढ्ने र क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ : श्रममन्त्री यादव दुर्गा प्रसाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश प्रतिनिधिसभाबाट पाँच विधेयकसम्बन्धी निर्णय, बैठक बिहीबारसम्म स्थगित कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, देउवा समूहले निर्वाचन आयोगलाई बुझायो कार्यतालिका सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’ प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग गरे छलफल दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध रास्वपाले बोलायो केन्द्रीय समिति बैठक भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली